गोर्खा म्युजियम र हिलियर गार्डेनमा गोर्खापरिवार

गोर्खा म्युजियम र हिलियर गार्डेनमा गोर्खापरिवार


1बेलायत । बेलायतस्थित च्यारिटि संस्था नेपाली मद्दत समूहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई लक्षित गरी शनिबार आउटिङ कार्यक्रमको आयोजना ग¥यो । सोअन्र्तगत सहभागीहरुले विन्चेस्टरस्थित गोर्खा म्युजियम र हिलियर गार्डेनको अवलोकन भ्रमण गरेका थिए ।

2उल्लेख्य नेपाली सहभागी कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधिहरु सामेल मात्र भएनन्, उनीहरु नेपाली खानामा रमाउँदै नौमती बाजाको तालमा नाचेका थिए । कार्यक्रममा सम्बोधन गर्दै मद्दत समूहका को फाउण्डर कमल पुर्जाले नेपाल बेलायत सम्बन्धको दुई सय बर्षको अवसर पारी सन् २०१५ मा यस कार्यक्रलाई भव्य बनाउने जानकारी दिए । आगामी बर्ष मद्दत समूहले गर्ने यस्तै कार्यक्रममा सहभागी हुन उनले नेपाली लगायत अन्य समुदायलाई समेत आव्हान गरेका थिए । गोर्खा म्युजियम र हिलियर गार्डेनमा आफूहरुले न्यानो आतीथ्यता पाएको बताउँदै उनले सहभागीप्रति आभार प्रकट गरे ।

3कार्यक्रम संयोजकसमेत रहेका पुर्जाले स्थानीयसँग नेपालीको हातेमालो बढाउन कार्यक्रम आयोजना गरिएको दाबी गरे । मद्दत समूहका सहयोगी कांग्रेस युवा नेता एकराज नेम्बाङले यस भ्रमणलाई उत्सवका रुपमा मनाइको जिकिर गरे । विगत जस्तै यो बर्ष पनि सहभागीहले प्रकृतिको सौन्दर्यसँग भुल्ने अवसर पाएको उनको भनाइ थियो । भ्रमणबाट शिक्षा मिलेको जिकिर गर्र्दै उनले उपयोगी, र बस्तुपरक अभियानमा सहभागी बनी सहयोग पु-याउने प्रति आभार प्रकट गरे । नेपाल बेलायत सम्बन्धको दुई सय बर्षको अवसर पारी यस भ्रमण कार्यक्रमलाई नेपाली मेलाको रुप दिने नेम्बाङले बताए । नेपाली संस्कृतिलाई जीवन्तता दिन र नयाँ पुस्तालाई जानकारी गराउन कार्यक्रम सफल बन्ने उनले विश्वास लिए ।

4सोही अवसरमा मद्दत समूहकी बेइजिङस्टोक प्रतिनिधि रेजिना सुब्बाले कार्यक्रममा सहभागी बृद्धबृद्धाहरुले धेरै मनोरञ्जन लिएको बताईन् । यसबाट सहभागीहरुलाई प्रकृतिसँग रम्ने अवसर मिलेको उनको भनाइ थियो । मद्दत समूहका अर्का प्रतिनिधि क्या. वीर बहादुर थापाले पनि कार्यक्रमबाट धेरै मनोरञ्जन लिइएको बताए । सोही अवसरमा गोर्खा म्युजियमका ग्यानिन एञ्जेले ह्यारिष र गार्डेनका डाइरेक्टरका बब उल्स ग्याङ्गले स्वागत मन्तव्य दिए । कार्यक्रममा ह्याम्सार काउण्टी काउन्सिलका प्रमुख रोही ट्यारी र गोर्खा म्युजियमका ट्रष्टिज कर्नेल एल ब्रिजर (ओबिई) सहभागी थिए ।

5नेपाली मद्दत समूहले सन् २००२ बाट नै यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको छ । करीब १२ हजार भन्दा बढि प्रकृतिका बोट विरुवा तथा फुलहरु रहेको सो मनमोहन हिलियर गार्डेनले नेपालको याद भुलाएको उनीहरुको भनाई थियो । गार्डेनको प्रबेशद्वारबाट हिँडेको केही समयमा नेपाली चौतारो भेटिएको थियो । नेपाली गोर्खा रेजिमेट्सहरुको नाम अंकित चौतारोमा नेपालकै गाउं घरको याद दिलाउने तस्वीरहरु टाँगिएका छन् ।

6गोर्खा परिवारसंग सहभागी गार्डेनका प्रमुख बबले उनीहरुलाई बोट विरुवाबारे जानकारी दिंँदै नेपाली चौतारोमा पु-याएका थिए । सो अवसरमा मद्दत समूहकाको फाउण्डर पुर्जा तथा एरिया प्रतिनिधिहरुले गार्डेनका प्रमुख तथा अन्य सहभागि पाहुनाहरुलाई खादा लगाई सम्मान गरेका थिए ।
7
8
-धर्मराज