सुनको मूल्यमा रेकर्ड

सुनको मूल्यमा रेकर्ड


सुनको मूल्य मंगलबार अहिलेसम्मकै सबैभन्दा उच्च भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय पुगेको छ ।

गत पुस २३ गते सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँमा पुगेर त्यसअघिका रेकर्ड तोडेको थियो । हिजो सोमबार पनि नेपाली बजारमा सुनको मूल्य ७६ हजार ५ सय पुगेको थियो ।

तर, मंगलबार हिजो (सोमबार) भन्दा तोलामा दुई सयले बढेर यसअघिका रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेको हो ।