बीपी वनबाटिकामा बीपीको पूर्णकदको शालिक निर्माण

बीपी वनबाटिकामा बीपीको पूर्णकदको शालिक निर्माण


झापाको कन्काईस्थित बीपी वनबाटिकामा विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको शालिक निर्माण गरिएको छ ।

कन्काई नगरपालिकाको रु. १३ लाख १३ हजारको लागतमा उक्त शालिक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । पाँच फिट ६ इन्च अग्लो शालिक कलाकार हिम्मत नेम्वाङले निर्माण गरेका हुन् ।

०४८ देखि खाली रहेको जमिनमा स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताले वृक्षरोपण गरी संरक्षण गरेको चार बिघा आठ कट्ठा जग्गामा बीपी वन बाटिका निर्माण गरेका हुन् । राससका अनुसार नगरपालिकाले उक्त जग्गामा तारबार गरी संरक्षण गरिरहेको छ ।