

लण्डन ः हिजो आईतवार, १ जून २०१४का दिन द ग्राण्ड थिएटर, विलविच, लण्डन स्थित हलमा प्रगतिशील नेपाली समाज बेलायतले संस्थाको तेश्रो अधिवेशन नेकपा माओवादीका केन्द्रिय सचिव तथा पूर्व न्याय तथा कानून मन्त्री देव गुरुङको प्रमुख अतिथ्या तथा संस्थाका अध्यक्ष रनबहादुर केसीको अध्यक्षतामा सम्पन्न गरेको छ । बेलायतका निकै धेरै संघसंस्थाहरुबाट यस अधिवेशनमा सहभागिता जनाईएको थियो । विशेष अतिथिहरुमा समाजसेवी डाक्टर राघव धिताल, ओबीई र नेपालबाट आएकी पूर्वसभासद शोभा कट्टेल आदि उपस्थित थिए । विभिन्न संघसंस्थाहरु लगाएत संस्थाका सल्लाहकारहरु र अन्य व्यक्तित्वहरुलाई अतिथिको रुपमा आसन ग्रहण गराईएको थियो । साबिकको समयभन्दा केहि समय ढिलो सञ्चालन भएको कार्यक्रमलाई समाजका महासचिव तोया रिजालले सञ्चालन गरेका थिए भने स्वास्थ्य तथा सुरक्षाको जानकारीका लागि सर्मन याक्सोले मन्तव्य दिएका थिए । यस कार्यक्रमलाई अधिवेशनको संयोजक श्याम शेरचनले स्वागत मन्तव्य प्रकट गरेका थिए । कार्यक्रमलाई रोचकता दिनका लागि शुभकामना मन्तव्य प्रकट गर्नेक्रममा बीचबीचमा सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरेका थिए । भाषन सुन्नेहरुलाई रोचकता प्रदान गर्नका लागि गीत र नृत्यलाई शुभकामना मन्तव्य बोल्नेक्रमभित्र नै समावेश गरिएको थियो । यसरी यो अधिवेशनको पहिलो औपचारिक कार्यक्रम सफलताका साथ सम्पन्न भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथिको बाहुलीबाट द्वीप प्रज्वलन गरेर शुरु गरेको थियो त्यसपछि ज्ञात अज्ञात शहिदहरुलाई श्रद्धान्जली अर्पण गर्नका लागि एक मिनटको मौन धारण गरेको थियो । नेपाली राष्ट्रिय धून् बजाए पश्चात शुभकामना मन्तव्य दिनेक्रम शुरु गरेको थियो । यस अधिवेशनलाई शुभकामना मन्तव्य प्रकट गर्ने अवसर महेन्द्र कण्डेल, सुरेन्द्र श्रेष्ठ, सुरेश गौतम, नरेश काङमाङ राई, राजकुमार, कर्ण शाही, भगवान चामलिङ, शोभा कट्टेल, डाक्टर राघव धिताल, ओबीई, भोज गुरुङ र पूर्ण लक्समलाई जुरेको थियो । समयको अभावले गर्दा अन्य अतिथिहरुले बोल्ने मौका पाएनन् । प्रायः सबैले नेपालको बर्तमान असहजको स्थिति र त्यस स्थितिलाई सिर्जना गर्ने राजनीतिक दलहरु उपर आ–आफ्ना धारणा व्यक्त गरेका थिए । धेरैले माओवादीका वरिष्ठ नेता, देव गुरुङलाई लक्षित गरेर बर्तमान नेपालको स्थितिबारे प्रष्ट्याउने आग्रह समेत गरेका थिए । अन्तमा प्रमुख अतिथि देव गुरुङको आधा घण्टाभन्दा लामो भाषनमा उनले नेपाली जनताको भाग्य निर्धारन गर्ने फैसला विदेशीको हातमा रहेको भन्दै नेपाल अहिले नेपालको स्वरुप नरहेको कुरा व्यक्त गरेका थिए । त्यसकारण अहिलेको स्थितिमा सबै दल मिलेर सामुहिक फैसला नगरी निर्माण गरिने संविधानको औचित्य नरहेको समेत व्यक्त गरेका थिए । अन्तमा सभाध्यक्षले धन्यवाद ज्ञापन गरेर प्रथम चरणको कार्यक्रम समापन गरेका थिए । त्यसपछि निःशुल्क भोजन वितरण गरेको थियो । दिनको पौने दुईबजेदेखि शुरु भएको प्रथम चरणको कार्यक्रम झण्डै पौने सातबजेतिर मात्र समापन भएको थियो । दोश्रो चरणको कार्यक्रममा नयाँ कार्यकरिणी समिति गठनको प्रक्रिया रहेको कुरा कार्यक्रम संयोजकले बताएका थिए । कार्यकारी समिति चयनको समाचार पछि सम्प्रेषन गरिनेछ ।
प्रतिक्रिया