काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर र प्रधानसेनापति गौरवशमशेर जबराबीच सोमबार भेटवार्ता भएको छ । सैनिक मुख्यालयमा भएको भेटका अवसरमा मित्रराष्ट्र बेलायत र नेपालबीच रहँदैआएको घनिष्ट सम्बन्धका साथै द्विपक्षीय सहयोग तथा आपसी हितका विषयमा छलफल चलेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
बुझिएअनुसार बेलायती मन्त्री स्वायर र प्रधानसेनापति राणाबीच नेपालमा बन्न लागेको सत्य निरुपण तथा मेलमिलाप आयोग र हाल वेलायतमा कानुनी प्रक्रियामा रहेका नेपाली सेनाका महासेनानी कुमार लामाको मामिलामा विशेष गम्भीरताका साथ कुराकानी भएको थियो । नेपालका लागि बेलायती राजदूत एण्ड्रयु जेम्स स्पार्कस समेत उपस्थित रहनुभएको सो भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया