■ विशेष प्रतिनिधि, जापान
निरन्तर बढिरहेको कोरोना भाइरसको प्रभावलाई कम गर्न जापानको होक्काइदोमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।
होक्काइदो प्रान्तका गभर्नर नाओमिची सुजुकीले शुक्रबार (१६ फागुन) एक पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएका हुन् । उनले स्थानीयवासीहरुलाई आगामी एक हप्ता बाहिर ननिस्कन अनुरोध पनि गरेका छन् ।
योकोहामा पोर्टमा क्वारिन्टिन गरिएको डाइमण्ड प्रिन्सेस पानीजाहज बाहेक जापानभरमा सबैभन्दा धेरै संक्रमित होक्काइदोमा देखिएपछि यो निर्णय लिइएको हो । त्यहाँ अधिकांश संक्रमितहरु बच्चाबच्ची छन् ।
शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमण हुनेहरुको संख्या होक्काइदोमा ६६ जना पुगेको छ भने जापानभरीका संक्रमितहरुको संख्या ९०० भन्दा बढि पुगिसकेको छ ।
प्रतिक्रिया