उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार


■ सविना कार्की, द. कोरिया

विश्वभर कोरोना भाइरसको महामारी चलिरहँदा उत्तर कोरिया भने त्यसबाट बेसरोकार रहेझैँ भान पारिरहेको छ । बेला न प्रसङ्ग उसले आज (२ मार्च) क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाली समाचार संस्था कोरिया टाइम्सका अनुसार उत्तर कोरियाले सोमबार मध्यान्ह क्षेप्यास्त्र प्रहार गरेको छ र त्यो परीक्षणको रुपमा गरेको ठानिएको छ ।

समाचारअनुसार उत्तर कोरियाले प्रहार गरेको दुईवटा क्षेप्यास्त्र कस्तो प्रकारको हो भन्ने अझै पहिचान हुन सकेको छैन ।

यसअघि पनि दर्जनौँ पटक क्षेप्यास्त्र परिक्षण गर्दै आएको उत्तर कोरियाले कुन स्थानमा कस्तो खालको क्षेप्यास्त्रको परीक्षण गरेको हो बारे दक्षिण कोरियामा रहेको अमेरिका र दक्षिण कोरियाली सेनाको संयुक्त टोलीले निरिक्षण गर्ने काम गरिरहेको समाचारमा उल्लेख छ ।