कोरोना भाइरसले जापानमा १२ को मृत्यु

कोरोना भाइरसले जापानमा १२ को मृत्यु


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानमा हालसम्म लगभग ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, जसमध्ये ७०६ जना योकोहामा पोर्टमा क्वारेन्टाइन गरेर राखिएको क्रुज पानीजहाजबाट छन् ।

संक्रमित संख्या स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारहरूद्वारा संकलित डाटामा आधारित छ।

जापानमा अहिलेसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ जसमध्ये ६ जना क्वारेन्टाइन गरेर राखिएको क्रुज पानिजहाजबाट छन् ।

प्रान्तका आधारमा होक्काइदोमा ७७, टोकियोमा ३९, आइचिमा ३२, खानागावामा ३० र चिबामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ९८० मध्ये ९ जना स्वास्थ्य मन्त्रालय र क्वारेन्टाइन अधिकारीहरु हुन् ।

जापानको स्वास्थ्य मन्त्रालयकाअनुसार संक्रमित व्यक्तिहरु मध्ये ५७ जनाको स्थिति नाजुक रहेको छ ।

सोमबार (२ मार्च) सम्म क्वारेन्टाइन गरेर राखिएको क्रुजबाट १०० जना र जापानको विभिन्न क्षेत्रबाट ४३ जना निको भएर घर फर्किसकेका छन् ।