‘डाक्टर टुवराज–मुगादेवी बास्तोला’ फाउण्डेसन स्थापना

‘डाक्टर टुवराज–मुगादेवी बास्तोला’ फाउण्डेसन स्थापना


unnamedबेलायत । कास्की जिल्लाका असहाय बालवालिका एवं दुर्गम भेगका विद्यालयहरुमा शैक्षिक स्तर बृद्धिका लागि सहयोग पु¥याउने उद्देश्यले ‘डाक्टर टुवराज–मुगादेवी बास्तोला’ फाउण्डेसन बेलायतमा स्थापना गरिएको छ । लामो समयदेखि अध्यापन क्षेत्रमा आफूलाई समर्पित गराउँदै आउनुभएका डाक्टर टुवराज तथा श्रीमती मुगादेवी वास्तोलाको नाममा बेलायतमा बसोबास गरिरहेका रमेश बास्तोलाले फाउण्डेसन स्थापना गरेका हुन् । रमेश बास्तोला डा. टुवराज तथा मुगादेवी बास्तोलाका छोरा हुन् ।
शिक्षासेवी टुवराज बास्तोलाले तिन विषयमा मास्टर्श डिग्री प्राप्त गरेका छन् । पोखरास्थित बाराही उच्च माध्यामिक विद्यालयमा ३३ बर्ष अध्यापन गरेका उनी हाल शिवशक्ति महाविद्यालयको सञ्चालक समिति अध्यक्ष छन् । वास्तोलाले स्वर्गीय राजा महेन्द्रबाट गोरखा दक्षिणबाहु पदक तथा राष्ट्रपति डाक्टर रामबरण यादवबाट ‘क श्रेणीको नेपाल विद्या भुषण पदक’ प्राप्त गरेका थिए ।
स्वीण्डनस्थित गोर्खा भिलेज नेप्लिज रेष्टुरेण्टमा आयोजित एक कार्यक्रमका बीच रमेश बास्तोलाले सामाजिक उद्देश्यका साथ शैक्षिक क्षेत्रको विकासमा आफूले पाइला चालेको बताए । उनले अक्षयकोषका लागि शुरुवातमा पाँचलाख रुपैंया घोषणा गर्दै फाउण्डेसनका लागि हालसम्म करीब दश लाख रुपैयाको कोष स्थापना भइसकेको र यस कोषलाई पच्चीसलाख पु¥याउने उनले जनाए । बुबा आमा बांचुञ्जेल प्रत्यक बर्ष एकलाख रुपैंयाका दरले आफ्नो तर्फबाट अक्षयकोषमा जम्मा गर्ने उनको योजना छ । अक्षयकोषको ब्याज तथा आफुले प्रत्यकबर्ष दिने एकलाख रुपैंयाबाट असहाय वालबालिका एवं विद्यालयको स्तर उन्नतिमा खर्च गरिने बास्तोलाले जानकारी दिए । सामाजिक भावना भएका बास्तोलासंग धेरै संघसंस्थामा रहि सामाजिक काम गरेको अनुभव पनि छ । उनले सहारा क्लवद्धारा निर्मित सहारा भवनमा तीनलाख रुपैंया खर्चेर रमेश–रुचिला कक्ष निर्माण गरेका छन् । समाजसेवी बास्तोला गोर्खा भिलेज नेप्लिज रेष्टुरेण्टका प्रोपाइटर समेत हुन् ।
फाउण्डेसन सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीको कार्यलय, जिल्ला शिक्षा कार्यलय तथा जिल्लास्थित अन्य सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरु समितिमा रहनेछन् । उनीहरुकै सिफारिशअनुसार उपयुक्त स्थानमा सहयोग रकम दिइनेछ ।
कार्यक्रममा स्वीण्डनस्थित लेबोर पार्टीका उपप्रमुख एवं स्थानीय काउन्सिलर जुनाव अलीले फाउण्डेसन सफलताको शुभकामना दिए ।
स्वीण्डनस्थित विभिन्न जातीय एवं क्षेत्रीय प्रतिनिधिहरु सहभागी कार्यक्रममा स्विण्डन नेपाली समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले फाउण्डेसन स्थापना गरी रमेश बास्तोलाले समाजमा उदाहरणीय काम गरेको बताए । जातीय तथा क्षेत्रीय प्रतिनिधिहरुको रोहबरमा घोषणा गरिएको यस फाउण्डेसनलाई सबैले साथ दिनुपर्ने उनको भनाइ थियो ।
स्वीण्डन नेपाली समाजकी उपाध्यक्षा एवं नेपाली जनसम्पर्क समिति बेलायतकी सहमहामन्त्री कोपिला सुब्बाले ‘डाक्टर टुवराज मुगादेवी फाउण्डेसन’ सफलताको शुभकामना दिँदै शिक्षा क्षेत्रमा सहयोग पु¥याउनु सह्रानीय रहेको बताईन् ।
सो अवसरमा स्वीण्डन नेपाली समाजका संस्थापक अध्यक्ष क्या सन्त पुन, तमू धिं स्विण्डनका अध्यक्ष जुम बहादुर गुरुङ, मगर संघका मोहन थापा, लिम्बू समाजका कृष्ण लिम्बू, राई समाजका शिव राईलगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । —धर्मराज