जापानमा कोरोना भाइरसबाट १ हजार ४० संक्रमित

जापानमा कोरोना भाइरसबाट १ हजार ४० संक्रमित


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानमा मार्च ५ तारिख अपरान्ह सम्ममा कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार ४० पुगेको छ ।

संक्रमितमध्ये ७ सय ११ जना डाइमण्ड प्रिन्सेस पानीजहाजका यात्रु र बाँकी ३ सय २९ जना जापानभित्र भेटिएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

संक्रमितमध्ये १२ जनाले ज्यान गुमाइसकेका छन् । गुमाएका मध्ये पनि ६ जना पानी जहाँजका यात्रु र ६ जना जापानमै भेटिएका संक्रमितहरु रहेका छन् ।

यसैगरी २४ जना संक्रमितहरुको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ५८ जना निको भएको विवरणमा जनाइएको छ ।

जापानसँगै कोरोना भाइरसको संक्रमण भेटिएको दक्षिण कोरियामा कोरोनाले देशव्यापी असर पारेको छ ।

एक सातामै संक्रमितको संख्या बढेर ६ हजार नजिक पुगेको छ । हालसम्म ५७ सय ६० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एरिर्‍याङ टेलिभिजनले जनाएको छ ।

संक्रमितमध्ये ३५ जनाले ज्यान गुमाइसकेको विवरणमा उल्लेख छ ।