गोदावरी नगरपालिकाले आफ्नै नगरबस सञ्चालन गर्ने

गोदावरी नगरपालिकाले आफ्नै नगरबस सञ्चालन गर्ने


गोदावरी नगरपालिकाले छिटै पाँचवटा नगरबस सञ्चालन गर्ने भएको छ । चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो ।

कार्यालयबाट पर रहेको स्थान वडा नं. १ गोदामचौर, वडा नं. २ विशंखु, वडा नं. ७ देवीचौर, वडा नं. ८ डुकुछाप र वडा नं. ९ छम्पी हुँदै बस घुमाएर जनतालाई सुविधा दिइने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले भने, ‘बस खरिदका लागि हामीले यही फागुन २ गतेको छैटौँ नगरसभाको निर्णयमा रु. दुई करोड रकम खर्च गर्ने योजना बनाएका छौँ ।’ नगरपालिकाले पहिलोपटक आफ्नो लगानीमा उक्त बस खरिद गर्न लागेको महर्जनले बताए ।

नगरपालिकाले बस खरिद गरी सुविधा पु¥याएसँगै कार्यालयमा काम लिन आउन अपायक भयो भन्ने जनतालाई राहत पुग्ने वडा नं. ३ का अध्यक्ष बालमुकुन्द घिमिरेले औँल्याए । ‘बस खरिद गरेर ल्याएपछि कहाँबाट कति भाडा लिने भन्ने कुराको कार्यविधि बनाएर मात्र सञ्चालन गर्छौं,’ घिमिरेले भने ।
rss