काठमाडौं भ्युटावरका ठेकेदार भेटवालद्वारा आत्मसमर्पण

काठमाडौं भ्युटावरका ठेकेदार भेटवालद्वारा आत्मसमर्पण


प्रहरीको खोजीमामा रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ठेकेदार भेटवालले मंगलबार बिहान महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

एपेक्स बैंक घोटला काण्डमा मुछिएका क वर्गका ठेकेदार भेटवाल भारतमा बस्दै आएका थिए । उनीविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो । उनी जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक पनि हुन् ।

३० वर्ष लिजमा लिएर पुरानो बसपार्कको २३ रोपनी जग्गामा भ्युटावर बनाउने भन्दै भेटवालको कम्पनीले खुलामञ्च कब्जा गरेको भन्दै सम्पदा अभियन्ताले वैशाखमा विरोध प्रदर्शन गरेका थिए । २२ फागुन ०७१ बाट काम थालेको विल्डर्सले अहिलेसम्म एक प्रतिशत पनि काम पूरा गर्न सकेको छैन ।

.