■ राजन घिमिरे, सिड्नी
लामो समयदेखि विवादका कारण अष्ट्रेलियाका विभिन्न राज्यमा हुन नसकेको नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गर्न जनसम्पर्क समिति अष्ट्रेलियाले प्रकृया अगाडि बढाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दिएको जिम्मेवारीअनुसार संयोजक कृष्ण गिरीले अष्ट्रेलियाका बिभिन्न राज्यमा रहेका जनसम्पर्क समितिको अधिबेशन गर्न संयोजकहरू तोकेका हुन् ।
केन्द्रको पछिल्लो निर्णयपश्चात विगत ६ वर्षदेखि हुन नसकेको अधिवेशन अब सम्पन्न हुने अष्ट्रेलियाका जनसम्पर्क समितिका अधिबेशन संयोजक शितल गिरीले जानकारी दिए । ‘अब एक भएर अगाडि बढ्नुको बिकल्प छैन । सबै मिलेर संस्थालाई बलियो बनाउँदै केन्द्रको निर्णयको सम्मान गर्न म सबैमा आग्रह गर्दछु’– गिरीको भनाई छ ।
गिरी आफैं पनि लामो समयदेखि नेपाली काङ्ग्रेमा आवद्ध रहँदै आएका ब्यक्ति हुन् भने उनको पारिवारिक पृष्ठभूमि पनि नेपाली कांग्रेससँग सम्बद्ध रहेको छ ।
स्याङ्जा–४ चापाकोटका गिरी सन् २००९ देखि अष्ट्रेलियामा युवाहरूलाई एकत्रित तुल्याएर आपसी साथ–सहयोगको भावनका साथ सक्रियता देखाउँदै आएका युवा हुन् । गिरीलाई संयोजक तोकिएपछि सिड्नीमा रहेका युवाहरूले पनि समर्थन ब्यक्त गरेका छन् । गिरी गैह्र आवासीय नेपाली संघ अष्ट्रेलियामा पनि निकट रहेर विभिन्न सामाजिक कार्य गर्दै अगाडि बढेका युवामा पर्दछन् ।
यसैगरी केन्द्रीय समितिको निर्णयले अधिवेशन समितिको अन्य राज्यका संयोजकहरूमा मेलबर्न– रमेश चत्कौली, पर्थ– निल थपलिया, ब्रिसबेन– अभिमानसिंह बस्नेत, क्यानभरा– भागीरथ सापकोटा, तास्मानिया– प्रमोद सापकोटा, डार्बिन– सिजन गिरी र एडिलेटका लागि दिलिप पोखरेललाई तोकेको जानकारी गराइएको छ ।
केन्द्रले अष्ट्रेलियाको अधिवेशन समितिको निर्वाचन अधिकृतमा गणेश केसी र सिड्नीको निर्बाचन अधिकृतमा राजु अधिकारीलाई चयन गरेको छ ।
प्रतिक्रिया