■ राजन घिमिरे, सिड्नी
लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय एम्पाएर ऐजुकेशनले सिड्नीमा पहिलोपटक ऱ्याप ब्याटल प्रतियोगिता गर्ने भएको छ ।
पछिल्लो समय युवापुस्तामा यस विधाप्रति देखिएको चासो र चाहनालाई ध्यानमा राखेर यस्तो प्रतियोगिता गर्न लागिएको जानकारी एम्पाएर ऐजुकेशनका प्रमुख स्वतन्त्रप्रताप शाहले जानकारी दिए ।
‘ऱ्याप बिधामा लाग्दै आएका र यो विधामा लाग्न चाहने युवा–युवतीहरूको लागि एउटा बलियो पुल बन्ने हाम्रो उद्देश्य हो । सबैबाट साथ–सहयोगको आशा राखेका छौँ’– शाहले भने ।
सहभागिताको संख्या हेरेर यसको अन्तिम प्रतिस्पर्धा मिति तीन महिनासम्म पुग्ने बताइएको छ । प्रतियोगीहरूको क्षमता र दक्षतालाई नेपाल र अष्ट्रेलियाका मिडियाका साथै यूट्यूबमार्फत पनि स्वदेशदेखि विदेशसम्म पु ऱ्याइने कार्यक्रम रहेको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो गरेर तीन जनालाई नगदको साथमा अन्य आकर्षक पुरस्कारबाट पुरस्कृत गरिने छ ।
प्रतियोगितामा सहभागी हुन चाहनेले ऐम्पाएरको ईमेल [email protected] मा आफ्नो पूरा परिचयका साथ सम्पर्क राख्न सकिने जानकारी दिइएको छ । ‘विशेस गरेर हामीले युवा पुस्तामा देखिएको चाह र मोहलाई प्रवासमा पनि चिनाऔँ भन्ने सोचले पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गर्न लागेका हौँ । हामीलाई विश्वास छ, बढीभन्दा बढी युवाहरुको सहभागिता रहने छ’– स्वतन्त्रप्रताप शाहले बताए ।
प्रतिक्रिया