बसले ठक्कर दिँदा अटोरिक्साचालकको मृत्यु

बसले ठक्कर दिँदा अटोरिक्साचालकको मृत्यु


बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

भे.१ख २१२९ नम्बरको बस र अटो बिहीबार बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालयअगाडि ठोक्किँदा अटोचालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृतकको नाम र ठेगाना अभैm खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
rss