संसद र शैक्षिक संस्था बन्द गर्न कांग्रेस सांसदको माग

संसद र शैक्षिक संस्था बन्द गर्न कांग्रेस सांसदको माग


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै यसबाट जोगिन संसद बैठक र शैक्षिक संस्थाहरू बन्द गर्न माग गरेका छन् ।

सांसद प्रधानले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सो कुरा बताएका हुन् । सांसद प्रधानले भने, ‘संसद चलाइराख्नुको तुक छैन । स्कुल बन्द गर्नुपर्छ । कोरोना भाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन ।’

कोरोनाबारे सरकारले उच्च सतर्कता अपनाउन नसकेको सांसद पूधानको भनाइ थियो । उनल भने, ‘सरकारको एक्सन आउनुपऱ्यो। भिडभाड हुने संसद र स्कुल बन्द गर्नुपऱ्यो ।’