कोरोना भाइरसको सङ्क्रमण : कुन मुलुकमा कति ?

कोरोना भाइरसको सङ्क्रमण : कुन मुलुकमा कति ?


■ सविना कार्की, दक्षिण कोरिया

अहिले कोरोना भाइरसको त्रास विश्वभर फैलिरहेको छ । आजसम्म विश्वका १ सय १९ मुलुकमा कोरोना भाइरस फैलिसकेको छ भने उक्त भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १ लाख २६ हजार ६ सय ८८ जना पुगिसकेको छ । जसमध्ये ४ हजार ६ सय ४० जनाको मृत्यु भैसको छ भने उक्त मृत्यु संख्यामा बिहीबार (१२ मार्च) मात्र २ सय ५५ जनाको ज्यान गएको छ । निको भएर घर फर्कनेको संख्या ६८ हजार ३ सय २८ जना रहेको कोरोनाबोर्ड डट केआरको तथ्यांकले देखाएको छ ।

विश्वभरका १ सय १९ मुलुकको कोभिड १९ संक्रमित संख्या सबैभन्दा धेरै चीनमा छ । आजसम्म चीनमा ८० हजार ७९६ जना संक्रमित छन् भने ३ हजार १ सय ६९ जनाको मृत्यु भैसकेको छ । निको भएर घर फर्कनेको संख्या ६२ हजार ८ सय २३ देखिएको छ । त्यसैगरी चीनपछिको दोस्रो ज्यादा संक्रमित संख्या इटालीमा रहेको छ । इटालिमा संक्रमित संख्या १२ हजार ४ सय ६२, मृत्यु हुनेको संख्या ८ सय २७ र निको भएर घर फर्कनेको संख्या १ हजार ४५ जना छन् ।

त्यसैगरी कोरोना भाइरस संक्रमितको तेस्रो स्थानमा इरान पुगेको छ । इरानमा आजसम्म संक्रमितको संख्या ९ हजार नाघेको छ भने ३ सय ५४ जनाको मृत्यु भैसकेको छ । जसमध्ये २ हजार ९ सय ५९ जना उपचारपछि घर फर्केका छन् ।

त्यसपछिको चौथो कोभिड–१९ संक्रमित ज्यादा रहेको देश कोरिया छ । आज मात्र कोरियामा ११४ जना नयाँ संक्रमित थपिएको छ । कोरियामा संक्रमितको संख्या ७८६९, मृत्यु ६७ र निको हुनेको संख्या ३३३ पुगेको छ । कोरियामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७८६९ पुगे पनि पहिलेको दाँजोमा कोरोना भाइरसको संक्रमित बिरामीको संख्या पनि संख्या घट्दो अवस्थामा छ ।

अमेरिकामा उक्त भाइरसको संक्रमित संख्या १ हजार ३ सय ३६ जना र मृत्यु ३८ जना पुगिसकेको छ भने निको हुने जम्मा १५ मात्र छन् । अमेरिका संक्रमित हुनेको ८औँ स्थानमा पुगेको छ । यस्तै क्यानडामा ११८ जाना संक्रमित एकको मृत्यु भएको छ भने फ्रान्समा संक्रमित संख्या २,२४१ र मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

त्यसैगरी अष्ट्रेलियामा १५६ संक्रमित र तीन जनाको मृत्यु भैसकेको छ । दुबईमा ७४ जना संक्रमित छन् । स्पेनमा २७५६ जना संक्रमित र ६४ जनाको मृत्यु भैसकेको छ । यसरी नै बढ्दै जाने हो भने विश्वरको सबै देशमा कोरोना भाइरस पुग्नेछ । यो संक्रमित संख्या र देशलाई हेरेर हामीले बच्ने उपाय अपनाउन जरुरी छ ।