तीन वर्षीया छोरीसहित झुन्डिए बाबु

तीन वर्षीया छोरीसहित झुन्डिए बाबु


तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

श्रीमतीको सारीको पासो बनाई तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी छाब्दीका प्रहरी सहायक निरीक्षक राजु न्यौपानेले जानकारी दिए ।

‘बाबुको मानसिक सन्तुलन ठीक नरहेको र श्रीमतीसहित छोरीलाई पासो लगाएर मार्न तीनवटा गाँठो बनाएको रहेछ,’ उनले भने, ‘श्रीमती भागेपछि छोरी र बाबु झुन्डिएको अवस्थामा फेला परे ।’ प्रहरीले घटनाको अनुसन्धान गरिएको र विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने बताएको छ ।
rss