अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण

अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण


अस्ट्रेलियाका गृहमन्त्री पिटर डुट्टनलाई कोरोना भाइरसको संक्रमण भएको छ । गत साता विदेश भ्रमणमा रहेका डुट्टनलाई कोरोना संक्रमण देखिएको हो ।

गत साता विदेश भ्रमणमा रहेका उनले अमेरिकाको वासिंटनमा अमेरिका, बेलायत, क्यानडा र न्युजिल्यान्डका अधिकारीसँग भेट गरेका थिए । उनले शुक्रबार बिहान उठ्दा आफूलाई ज्वरो आइरहेको थियो अनि घाँटी पनि दुखिरहेको बताएका छन् ।

गृहमन्त्री डुट्टनले भनेका छन्, ‘आज बिहान म उठ्दा ज्वरो आइरहेको थियो, अनि घाँटी पनि दुखिरहेको थियो । तत्कालै जाँच गर्दा कोरोना संक्रमण भएको भेटियो ।’