अनेरास्ववियुका नेता राईलाई आठ वर्ष कैद सजाय

अनेरास्ववियुका नेता राईलाई आठ वर्ष कैद सजाय


काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै साढे ८ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको बिहीबारको इजलासले राईलाई कैद सजायसहित एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला पनि गरेको छ ।

आरआर क्याम्पसका स्ववियु नेता राईले ११ कात्तिकमा आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । भाइटीकाको अघिल्लो दिन उनले देउसीभैलो खेल्न बोलाएर माकलबारीस्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको पीडितको भनाइ थियो ।

बलात्कारको आरोप लागेपछि राईलाई अनेरास्ववियुुले निलम्बन गरेको थियो ।