कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार ११५

कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार ११५


विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनको सङ्ख्या शुक्रबार (१३ मार्च) पाँच हजार ११७ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला १३३ देशमा फैलिसकेको छ । हालसम्म एक लाख ३९ हजार ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

हालसम्म सबैभन्दा बढी चीनमा तीन हजार १७७ जनाको उक्त भाइरसको सङ्क्रमणबाट मृत्यु भएकोे विश्व स्वास्थ्य सङ्गठन तथा सङ्क्रमण फैलिएका मुलुकका अधिकारीले दिएको तथ्याङ्कमा उल्लेख रहेको एएफपीले जनाएको छ । अहिलेसम्म इटालीमा एक हजार १६, इरानमा ५१४, दक्षिण कोरियामा ७१, स्पेनमा १२० र फ्रान्समा ६१ जनाले कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाका कारण अमेरिकामा पनि ४१ जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको सङ्क्रमण दर घटेर एक अङ्कमा पुगेको छ अर्थात् विगत दुई तीन दिनदेखि सङ्क्रमितको सङ्ख्या १० भन्दा कम रहने गरेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।