स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण

स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण


स्पेनले शुक्रबार देखि शनिबारसम्म (१३–१४ मार्च) को २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ ।

युरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ । स्पेनमा हालसम्म १३६ व्यक्तिको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक बिरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने कदमहरूलाई प्रभावकारी बनाउने बताएको त्यहाँका अधिकारीले बताएका एएफपीले जनाएको छ ।

उक्त देशले शनिबार आपतकालीन अवस्था घोषणा गर्ने अपेक्षा गरिएको भए पनि समाचार तयार पार्दासम्म स्वास्थ्य आपत्काल घोषणा भने गरिएको छैन ।