छोटो समयका लागि आर्थिक मन्दीको सम्भावना ‘प्रवल’

छोटो समयका लागि आर्थिक मन्दीको सम्भावना ‘प्रवल’


यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ल कोरोना सङ्क्रमणको प्रभाव विश्वव्यापी बनेपछि यसका कारण छोटो समयका लागि आर्थिक मन्दी हुनसक्ने सम्भावनाहरू देखिएको बताएको छ । यूरोपेली आयोगले यस वर्ष कोरोनाको प्रभावका कारण विश्व अर्थतन्त्र र व्यापारिक गतिविधिमा व्यापक प्रभाव पर्ने प्रक्षेपण गरेको छ ।

संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले भाइरस सङ्क्रमणका कारण प्रभावित भएका व्यवसायिक वातावरणलाई उठाउनका लागि आवश्यकता अनुसार ऋण प्रवाह गर्ने बताइसकेका छन् ।

जर्मनीले भाइरस सङ्क्रमणका कारण प्रभावित बजारलाई उकास्नका लागि पाँच खर्ब ५० करोड यूरो कर्जाका रूपमा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवाह गर्ने बताएको छ ।