लण्डन – बेलायतका लागि नेपाली दूतावासको सभा हलमा हिजो, आईतवार, ०८ जून २०१४को दिनमा सय जना भन्दा बढि विभिन्न संघसंस्थाहरुमा आबद्ध साहित्य सर्जकहरु, साहित्य अनुरागीहरु, पत्रकारहरु तथा समाजसेवीहरुको जभघट माँझ आदिकवि भानुभक्त आचार्यको द्वीशतवार्षिकी जयन्ती अत्यन्त भव्यताका साथ मनाईयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा साहित्यिक उत्सव अभियानका रुपमा मनाउन नेपाल सरकारद्वारा गठित “आदिकवि भानुभक्त आचार्य द्वीशतवार्षिकी समारोह मूलसमिति नेपालको” निर्णय र आह्वान बमोजिम बेलायत स्थित नेपाली राजदूतावासको समन्वय र सहभागिता रहनेगरि बेलायत स्थित क्रियाशील साहित्यिक संस्थाहरु नेपाली साहित्य विकाश परिषद, यूके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर, नेपाली साहित्य प्रतिभा प्रतिष्ठान, यूके, विश्व नेपाली साहित्य महासंघ र अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान यूके लगायत बेलायतमा लामो समयसम्म नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउँदै आएका समाजसेवी, लेखक, साहित्यकार, कलाकार र पत्रकार आदिलाई समेटेर कार्यसमिति गठन गरिएको थियो । यस कार्यक्रमका लागि सुरेशजंग शाहीको अध्यक्षतमा ५१ जना सदस्य रहेको समिति गठन गरेको थियो । आईतवारको कार्यक्रममा लगभग सबै सदस्यहरुको सहभागिता रहेको थियो । सुरेशजग शाहीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा विशेष अतिथि का.मू. राजदूत तेजबहादुर क्षेत्री, विशेष अतिथिहरुमा वरिष्ठा समाजसेवी डाक्टर राघव धिताल, ओबीई र ब्रिगेडियर विश्वनाथ धिमिरे तथा अन्य अतिथिहरुमा राजकुमार त्रिपाठी, एनआरएनए, डाक्टर सोहन घिमिरे (स्कटल्याण्डबाट पाल्नु भएका), खगेन्द्र नेपाली, अध्यक्ष नेपाली साहित्य विकाश परिषद, बेलायत तथा अन्य संघसंस्था र माथि उल्लेख गरिएको साहित्यिक संस्थाका प्रतिनिधिहरु तथा अध्यक्षहरु थिए । यस कार्यक्रमलाई दुई चरणमा मूल समितिका सचिव, कवि गोपीकृष्ण प्रसाईले अत्यन्त प्रभावशाली ढंगबाट सञ्चालन गरेका थिए । पहिलो चरणमा आसन ग्रहण, कार्यक्रमको समुद्घाटन द्वीप प्रज्वलन, पुष्पाञ्जली अर्पण तथा गोपाल पौड्यालको स्वागत मन्तव्यबाट शुरु गरिएको थियो । यस कार्यक्रमको औचित्य र महत्वबारे शुरुमा खगेन्द्र नेपालीले आफ्नो मन्तव्य प्रकट गरेका थिए । त्यसपछि विश्व साहित्य महासंघका विश्वद्वीप तिगेला, राजकुमार त्रीपाठी, विकल आचार्य, सुमल कुमार गुरुङ, देवेन्द्र खेरेश, ज्ञानेन्द्र रावत, नरेश काङमाङ, डाक्टर राघव धिताल, ओबीई, रामचन्द्र आचार्य, एनआरएनएका सुरेन्द्र नेम्वाङ, का.मू. राजदूत तेज बहादुर क्षेत्री आदिले मन्तव्य प्रकट गरेका थिए । यस कार्यक्रममा राजू थापाले यस कार्यक्रमलाई प्रायोजन गरेका व्यक्तित्वहरुको नामावली पुकारेर प्रमुख अतिथिको बाहुलीबाट प्रशंसा पत्रपनि वितरण गरिएको थियो । कार्यक्रमको आर्थिक हिसाब बारे कवि कोमल मल्लश्रेष्ठले प्रस्तुत गरेका थिए । आदिकवि भानुभक्त आचार्यको देन र जीवनी बारे सञ्चालक गोपीकृष्ण प्रसाईले बृहत जानकारी दिएका थिए । कार्यक्रमको दोश्रो चरणमा कविता वाचान रहेको थियो । यस कार्यक्रमलाई ज्ञानेन्द्र रावतले सञ्चालन गरेका थिए । कविता वाचन गर्ने कवि तथा कवियात्रीहरुले अत्यन्त गहन कविता, गीत गजलहरुको वाचन गरेका थिए । धेरैलाई कविता वाचन गर्ने अवसर जुरेको थियो । दोश्रो चरणको शुरुमा सनम वैराग तथा कोमल मल्लले भानु सम्बन्धि लघु नाटक ध्वनी र स्वरको माध्यमबाट मञ्चन गरेका थिए । कार्यक्रममा जलपानको निःशुल्क व्यवस्था गरेको थियो । अन्तमा अध्यक्ष सुरेशजंग शाहको धन्यवाद ज्ञापन पछि कार्यक्रम समापन गरिएक
ो थियो ।


प्रतिक्रिया