व्यबस्थापन समितिमा सन्तोष समुह विजयी

व्यबस्थापन समितिमा सन्तोष समुह विजयी


■ हेमशंकर सिंह, राजविराज

सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालय पकरीगोठ सोनराको हालै सम्पन्न निर्वाचनबाट सन्तोषकुमार यादव समुहको प्यानल विजयी भएको छ ।

गत शुक्रबार (३० फागुन) सम्पन्न मत परिमाणअनुसार सन्तोषकुमार यादव १ सय ९४, राजेन्द्र प्रसाद सदा १ सय ८७, ममतादेवी खंग दुई सय र चन्द्रमादेवी यादव १ सय ९५ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी विद्यानन्द समुहबाट विद्यानन्द यादव १ सय ४३, राजकुमार यादव १ सय ३९, दयावती सरदार १ सय ३६, उमादेवी यादव १ सय २६ मत प्राप्त गरे भने तेस्रो प्यानलबाट प्रतोषकुमार यादव १ सय २६, शत्रुधन यादव १ सय १३, सुनिता कुमारी यादव १ सय २७, शुशिला कुमारी मोची १ सय २३ र एक्कल उम्मदेवार प्रमोद कुमार यादले १५ मत प्रप्त गरेको समितिले जनाएको छ ।

विद्यालय व्यस्थापन समितिका नवनिर्वाचित अध्यक्ष सन्तोष कुमार यादवले विद्यालयमा पठन पाठनमा ध्यान दिइने, शिक्षकबीचको द्वन्द्वलाई सामाधान गर्नेतर्फ पहल गर्ने, एसईई परीक्षामा विद्यालयको उत्तिर्णाङ्कमा विशेष ध्यान दिइने, विद्यालयमा एसईई सेन्टरमा परीक्षा मर्यादित र शान्त बातावरण मनाउन सबै पक्षसँग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरी विद्यालयमा रहने कम्प्युटरलाई प्रयोगमा ल्याउन कम्प्युटर शिक्षकको व्यवस्थापनको लागि गाउँपालिका र अन्य निकायसँग समन्वय गर्ने आगामी शैक्षिक सत्रमा विद्यार्थी भर्नालाई अभियानको रुपमा संचालन गर्ने लगायतको कामहरुलाई अगाडि बढाउने प्रतिबद्घता समेत उनले व्यक्त गरेका छन् ।