वडाध्यक्षको दादागिरी : इट्टा उद्योगमा आक्रमण, लाखौँको क्षति

वडाध्यक्षको दादागिरी : इट्टा उद्योगमा आक्रमण, लाखौँको क्षति


■ आरके श्रीवास्तव, रौतहट

रौतहटको गरुडा नगरपालिका–६ दुधियाभार चोकछेउमा रहेको दाइभाइ इट्टा उद्योगमा एक समूहले आक्रमण गरी लाखौँको क्षति गरेका छन् ।

वडा नं. ६ का वडा अध्यक्ष अशोक यादवको अगुवाइमा सयौंको संख्यामा गएका मानिसहरुले आज (२ चैत) बिहान ९ बजे सो इटा उद्योगमा आक्रमण गरेका दिए । बाँस, लाठी, घरेलु हातहतियारसहित गएका मानिसहरूले इटा उद्योगका संचालक रामबाबु चौधरीको भाइ मुखेश कुमार चौधरीसहित ८ जनामाथि संघातिक हमला गरेका थिए ।

कुटाइबाट गम्भीर घाइते मुकेश चौधरीलाई गरुडामा समान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । आक्रमणकारीहरुले इट्टा भट्टामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेकटर र तीनवटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।

आक्रमणबाट भारतीय नम्बर होण्डा साइन बिआर ३० एस ४९५५, जेसिबि ना. १ क ८४९०, हिरो एचिभर बिआर ३० आर ३८०३, हिरो सुपर बिआर ३० डब्लु ८७६२, ट्याक्टर ५६९०, इण्डो फार्म ना ६ त ८८३१, टाटा ट्रिपर ग १ क ४४९१ सहितको गाडीमा क्षति पुऱ्याइएको छ ।

दाजुभाइ इट्टा उद्योगमा २० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले बताए । घटनामा संग्लग्न एकजनालाई प्रहरीले पक्राउ गरेका हुन् । यसअघि हिजो साँझ गरुडा नगरपालिका पोटियाहीमा वडाअध्यक्ष अशोक यादवको समूह र वडाका प्रत्यासी रामबाबु चौधरीको समूहबीच भनाभन हुँदा ढुङ्गामुढा समेत भएको थियो ।

प्रहरीको सक्रियताले गएराति कुनै घटना हुन नसकेको भए पनि आज बिहान वडाअध्यक्ष अशोक यादवसहितको समुहले आक्रमण गरेका थिए । पीडित रामबाबु चौधरीले अशोक यादवले वडा कार्यालयमा रहेको काठ हिनामिना गरेको बारे आफुले अख्तियारमा मुद्दा गरेको कारण सोही रिसिवीमा यो घटना घटाएको र आक्रमणबाट ७० लाख भन्दा बढीको क्षति भएको दाबी गरेका छन् । अहिले घटनास्थल वडा अध्यक्षको गाउँ अमरपट्टी र पोटीयाही गाउँमा घटना नदोहरियोस् भने उद्देशयले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थित रहेको छ ।