दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको साधरण बैठक

दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको साधरण बैठक


SERTD Concert- Banner-Projectorलण्डन – यहि आउने २१ जून २०१४को दिन, लण्डन स्थित विलविच ग्राण्ड थिएटर हलमा सम्पन्न हुने बहुप्रतिक्षित प्रेम राजा महत र शान्ति भण्डारी सम्मिलित यस वर्षको मुख्य आकर्षक कार्यक्रम, समर धमाका कन्सर्टलाई मूलरुपमा लक्षित गरि आईतवार, ०८ जून २०१४को दिनमा प्लमस्टिड, हाईस्ट्रिट स्थित सेल्सी यूकेको सभाकक्षमा दक्षिण क्षेत्रीय तमुधिं लण्ठनको बैठक सम्पन्न भएको छ । सभाको सभापतित्व समितिका अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङले गरेका थिए र सभालाई समितिका सचिव सुमन गुरुङले सञ्चालन गरेका थिए । यसपालीको बैठकमा धेरै महिलाहरुको सहभागिता थियो । यस बैठकमा लगभग सबै पदाधिकारीहरु, सदस्यहरु र कार्यक्रमका सहसंयोजक तथा समितिका वरिष्ठ सल्लाहकार मोहन गुरुङको पनि उपस्थिति रहेको थियो । हालसम्मको भईआएको कार्यक्रमहरु उपर छलफल गरेर समितिको वार्षिक साधरण सभा ०३ अगस्त २०१४को दिन गरिने निर्णय सभाले गर्यो तथा आउने ल्होछर कार्यक्रम बेलायतको विशेष परिस्थितिलाई मध्य नजर राखेर १० जनवरी २०१५को दिन तोकिएको छ । समितिको हाउजिङको विवरण हाउजिङ कोअर्डिनेटर श्रीचन्द्र गुरुङले प्रस्तुत गरेका थिए । त्यसपछि समितिका सल्लाहकार तथा कन्सर्ट समर धमाकाका मुख्य संयोजक सुमल कुमार गुरुङले अब आउने २१ जून २०१४को दिनमा सम्पन्न हुन गईरहेको कन्सर्ट कार्यक्रमबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । संयोजक सुमल कुमार गुरुङका अनुसार लगभग सबै टिकट विक्रि वितरण भईसकेको र कन्सर्टको थप आकर्षक स्थानीय कलाकारहरुको पनि बिजोड प्रस्तुती रहने कुरा बताएका थिए । यस कार्यक्रमका लागि लगभग १४ जना व्यक्ति तथा संस्थाहरुले सहयोग पुर्याएको कुरा समेत सभामा संयोजकले जानकारी दिएका थिए । बाल्टिमोरबाट पाल्नुहुने कलाकारद्वय प्रेम राजा महत तथा शान्ति भण्डारी लण्डनमा १९ जून २०१४को दिनमा आईपुग्ने जानकारी समेत दिएका थिए । स्मरण रहोस, २१ जून २०१४को दिनको प्रस्तुति पछि प्रेम राजा महत र शान्ति भण्डारीको कार्यक्रम अल्डरशट स्थित माईडा जिम्नजियममा २८ जून २०१४को दिनमा सम्पन्न हुनेछ । अन्तमा सभापतिले सबैलाई धन्यवाद ज्ञापन गरि सभा विसर्जन गरेका थिए ।