विपी विचार राष्ट्रिय समाजमा सभापति चयन

विपी विचार राष्ट्रिय समाजमा सभापति चयन


■ एस. क्षेत्री, कपिलवस्तु

विपी विचार राष्ट्रिय समाजको जिल्ला सभापतिमा नेपाली कांग्रेसका महासमिति सदस्य रवि ठाकुर चयन भएका छन् । शनिबार तौलिहवामा विपी विचार राष्ट्रिय समाजको जिल्ला भेलाबाट कांग्रेस नेता ठाकुर सर्वसम्मत ढंगबाट सभापति पदमा चयन भएका हुन् । समितिको उपाध्यक्ष हरि पोख्रेल, सचिव मो. वजीह अरसद, कोषाध्यक्ष लक्ष्मी गुप्ता (साव) र सहसचिवमा सर्जु चौधरी चयन भएका छन् ।

यसैगरी समतिका सदस्यहरुमा विश्वराज रेग्मी, कौशलकिशोर पाण्डे, दुनिका भूषाल, कृष्ण बन्जाडे, गंगेशनाथ तिवारी, कमल अधिकारी, राजेश उपाध्याय, माया ज्ञवाली, प्रेमलता भट्ट, सरफराज खान, रजनीश राज आचार्य र कमल बेलवासे चयन भएका छन् ।

सो अवसरमा समाजको सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकारहरुमा सांसद अतहर कमाल, सांसद अभिषेक प्रताप शाह, कांग्रेस नेताहरु दीपकुमार उपाध्याय, सुरेन्द्रराज आचार्य, कमलेशकुमार शर्मा, सुधाकर पाण्डेय र राजेश आचार्य रहेका छन् । समाजको प्रेस सल्लाहकारमा साझा न्यूज पत्रिकाका प्रकाशक सम्पादक गोपाल भण्डारीलाई मनोनित गरिएको छ ।

समाजका केन्द्रिय प्रतिनिधि शरद भट्टराईको रोहवरमा समिति गठन गरिएको हो । सामाजका संस्थापक जिल्ला सभापति सुधाकर पाण्डेयले नवनियुक्त अध्यक्ष ठाकुरलाई माइन्युट रजिष्टर हस्तान्तरण गर्दै विपीका विचारहरुलाई गाउँ-गाउँसम्म पुऱ्याउन सक्रिय भई क्रियाशील हुन आग्रह गरेका छन् । नवनियुक्त अध्यक्ष ठाकुरले आफुलाई सुम्पिएको जिम्मेवारीलाई सक्रियताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा अध्यक्ष ठाकुरले सदरमुकाम तौलिहवाको कुनै एक उपयुक्त स्थानमा विपी कोइरालाको शालिक निर्माण गर्ने र सो स्थानलाई विपी चोक नामाकरण गर्ने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका नेताहरु हरि न्यौपाने, विष्णु पोख्रेल, कृष्ण पोख्रेल, पत्रकार विक्रम खड्का र नेपाली कांग्रेस कपिलवस्तुका कोषाध्यक्ष शोहरत तेली लगायतको उपस्थिति रहेको थियो ।