लण्डन – तमुधिं यूकेले आईतवार, ०८ जून २०१४को दिन तमुधिं यूकेको आफ्नै मिचेट स्थित भवनमा एक भव्य समारोहबिच नेकपा माओवादीका केन्द्रिय सचिव, पूर्व कानून मन्त्रि देव गुरुङलाई तथा स्थानीय नेकपा सचिव पूर्ण लक्सम्बालाई स्वागत गरेको थियो । त्यस समारोहका अध्यक्षता तमुधिं यूकेका कमल गुरुङले गरेका थिए तथा कार्यक्रम सञ्चालन तमुधिंका महासचिव नन्दजंग गुरुङले गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सुर्जे गुरुङले त्यहाँ उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, तमुधिं यूकेका आमा समुह, पदाधिकारीहरु र सम्पूर्ण सदस्यहरु तथा सल्लाहकारहरुलाई स्वागत गर्दै आफ्नो आभार व्यक्त गरेका थिए । कार्यक्रमको शुरुआत आसन ग्रहण गरे लगत्तै संस्थाका महासचिवले सो स्वागत समारोहको औचित्य र गुरुङहरुको महान हस्ति देव गुरुङलाई स्वागत गर्न पाउँदा खुशी जाहेर गर्दै तमुधिं यूकेले गौरवान्दित महशुस गरेको कुरा व्यक्त गरेका थिए । त्यसपछि महासचिवले अध्यक्षलाई तमुधिं यूकेको बारेमा संक्षिप्त जानकारी प्रकट गरिदिन हुनको लागि आग्रह गरेका थिए । तमुधिं यूकेका अध्यक्ष कमल गुरुङले मन्तव्य प्रकट गर्नेक्रममा तमुधिं यूकेको भवनमा देव गुरुङ जस्ता गुरुङरुको महान हस्तिलाई स्वागत गर्न पाउँदा खुशी अनुभूती भएको कुरा जाहेर गरेका थिए । उनले त्यसपछि बोल्ने क्रममा तमुधिं यूकेको संक्षिप्त ईतिहास विगत देखि अहिलेसम्मको तथा सालभरी गरिने कार्यक्रमहरु, क्रमशः कल्याणकारी कार्यक्रमहरु, ल्होछार, गोर्खाकप, नेपाली मेला जस्ता ठुलठुला कार्यक्रमहरुको आयोजना गरेर नेपाली तथा स्थानीय वासिन्दहरुलाई संयोजन गरेर राष्ट्रिय मूलधारमा प्रवाह गर्ने महान कार्यहरु गर्दै आएको कुरा व्यक्त गरेका थिए ।
कार्यक्रमको उत्तरार्धमा प्रमुख अतिथि देव गुरुङले नेपालको हालको राजनीतिक परिवेश र अहिलेको भयावाह स्थितिलाई विस्तृत रुपमा त्यहाँ उपस्थित दर्शकदिर्घलाई आफ्नो कुशल भाषन शैलीमा व्यक्त गर्दा सबै मुकदर्शक बनेर शान्त भई सुनिरहेका थिए । उनको राजनीतिक उद्धेश्य र विचार सुनेपछि त्यहाँ उपस्थित महिला तथा सज्जनब्न्द सबैले खुशी व्यक्त गरेका थिए । त्यसै समारोहकोबिच महासचिव नन्द जंग गुरुङले दर्शक माझबाट प्रमुख अतिथिसंग प्रश्नोत्तरको कार्यक्रम राखेका थिए । यस अवसरमा मेजर डमर घले, एमबीई, मुछेत्र गुरुङ, भक्त गुरुङ, क्या.रि. गउ गुरुङ, सिनियर भक्त गुरुङ, दिपक गुरुङ, धर्म गुरुङ आदिले दोहोरो नागरिकताको सवाल, देशमा नागरिकहरुको घट्नेक्रम, नागरिकता त्यागेपछि पनि आफ्नो देशको आफ्नोपन र देशसंग सम्बन्ध कसरी राखीरहने भन्ने जस्ता तर्कहरु प्रस्तुत गरेका थिए तथा राज्यले यस सम्बन्धि के कस्ता कदमहरु उठाईरहेको छ, र नेपालको संघियता सम्बन्धि राज्य संरचनाका कुराहरु सोधेका थिए । उनले ती सबै प्रश्नहरुको प्रष्ट जवाफ दिंदै देश अरु मुलुकको चलखेलमा चलेको र आफ्नो पार्टीले देशमा भएको विसंगतीलाई स्पष्ट रुपमा वार्ता गरेर हाल देशले भोगीरहेको समस्यालाई निराकरण गर्ने कुरा व्यक्त गरेका थिए । अन्त्यमा प्रमुख अतिथिले तमुहरुले विदेशमा आएर, एक जुट भएर तमुहरुको पराक्रमलाई सावित गर्दै तमुभवन खरिद गरेकोमा प्रशंसा गर्दै यसरी नै अघि बढोस भन्ने कामना व्यक्त गरेका थिए । उनले सबै मिलेर अघि बढ्ने अनि तमुहरुको एकतामा कहिल्ये खलल नहुने कार्यक्रमहरु गर्दै अघि बढ्ने छ भन्ने कुरामा आफू विश्वस्त रहेकोृ बताएका थिए । अन्तमा कमल गुरुङको अध्यक्षतामा तमुधिंले. उत्तरोत्तर प्रगति गरोस भन्ने शुभकामना दिँदै आफ्नो वक्तव्य टुङ्ग्याएका थिए । प्रश्नोत्तरको कार्यक्रम पछि मिठो भोजनको व्यवस्था गरिएको थियो र यसबारे सबैलाई महासचिव नन्दजंग गुरुङले जानकारी गराएर सबैले भोजन ग्रहन गरेका थिए ।
-रोहित गुरुङ
![DSCN1656[1]](http://merouk.com/wp-content/uploads/2014/06/DSCN16561-533x400.jpg)
प्रतिक्रिया