यूएईद्वारा सबै श्रम स्वीकृति बन्द

यूएईद्वारा सबै श्रम स्वीकृति बन्द


संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ । नोबेल कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको बताइएको छ ।

यूएईको श्रम मन्त्रालयले राष्ट्रिय आपत, सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा यस्तो निर्णय गरेको हो ।

खाडी मुलुक यूएईमा बिहीबार (१९ मार्च)सम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई लाख सात हजार जना प्रभावित भएका छन् भने कोरोनाको सङ्क्रमण अहिलेसम्म १६६ देशमा पुगेको छ ।

कोराना भाइरसका कारण आठ हजार ६५७ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।