मध्यप्रदेश मुख्यमन्त्री कमलनाथद्वारा राजीनामा

मध्यप्रदेश मुख्यमन्त्री कमलनाथद्वारा राजीनामा


मध्यप्रदेश (भारत)का मुख्यमन्त्री कमलनाथले पदबाट राजीनामा दिएका छन् । भारतीय सुप्रिम कोर्टले आज (२० मार्च) साँझसम्ममा आफ्नो बुहमत सिद्ध गर्न दिएको समय पूरा हुनुअगावै कमनाथले आत्मसमर्पण गरेका हुन् ।

आज अचानक प्रेस कन्फ्रेन्स आयोजना गर्दै कमलनाथले यसभन्दा पहिले बिजेपीलाई १५ वर्ष समय दिइएको र जनताले आफूलाई पाँच वर्षको म्यान्डेट दिएको उल्लेख गरे । तर १५ महिनामै बीजेपीले राजनीतिक षडयन्त्र गरेर काम गर्न नदिई पदबाट बाहिरिन बाध्य पारेको आरोप उनले लगाए । भाजपाले लोकतान्त्रिक मूल्यको हत्या गरेको उनको आरोप छ ।

ज्ञातव्य छ, यसअघि कंग्रेस पार्टी परित्याग गरेर भारतीय जनता पार्टी ज्वाइन गरेका प्रभावशाली युवा नेता ज्योतिरादित्य सिंधियाको समर्थनमा कंग्रेस सांदहरुले समेत मुख्यमन्त्री कमलनाथलाई पत्रमार्फत् दबाब दिएका थिए ।