परिवर्तित अध्यागमन नियमावलीका कारण उत्पन्न भयो यस्तो समस्या

परिवर्तित अध्यागमन नियमावलीका कारण उत्पन्न भयो यस्तो समस्या


■ सविना कार्की

नेपाल सरकारले केही समयको लागि आवागमनमा रोक लगाएसँगै दक्षिण कोरियाबाट नेपाल फर्कन तयार रहेका नेपालीहरुमा समस्या देखिन थालिएको छ ।

वैधानिक विदा अवधि सकिएर नेपाल फिर्ताको लागि कम्पनी छोडेर बाहिर निस्किसकेका र अन्य छोटो अवधिका लागि दक्षिण कोरियामा रहेका नागरिकहरु तथा अप्ठ्यारो अवस्थामा रहेका नेपालीको लागि एनआएनए कोरियाले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारद्वारा मार्च १८ मा परिवर्तित गरिएको अध्यागमन नियमावलीका कारण वैधानिक भिषा अवधि समाप्त भइ नेपाल फिर्ताका लागि कम्पनी छाडेर बाहिर निस्किएका वा अन्य छोटो अवधिका लागि दक्षिण कोरियामा रहेका नेपाली र खान–बस्न समस्या भएका नागरिकको लागि सुविधा उपलब्ध गर्ने भएको छ।

परिवर्तित पछिल्लो अवस्थाका कारण आफ्नो भिषा अवधि केही समय थप हुने भएता पनि थप गरिएका अवधिका लागि आवश्यक आवास स्थल तथा अन्य समस्याका बारेमा राखिएका चिन्ता र जिज्ञाशालाई ध्यान दिँदै दक्षिण कोरियामा रहेका तथा सहयोगको अति आवश्यक पर्ने नेपाली नागरिकको सुविधाका लागि, नेपाल सरकारले नेपाली नागरिकलाई प्रवेश निषेध गरेसम्मको अवधिको लागि अस्थाई बासस्थानको ब्यवस्थामा सहयोग गर्ने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले निर्णय गरेको महासचिव डाक्टर विमल सुवेदीले जानकारी दिएका छन् ।

तत्कालका लागि सहयोग उपलब्ध हुने ठाउँ सौल तथा ख्यौंगी क्षेत्र सुवन, तथा बुसान (ख्यङ्नाम क्षेत्रमा र एनआरएनए कोरियाको क्षेत्रीय कार्यालय रहेको स्थान किम्हेबाट उपलब्ध हुने र आवस्यकताअनुसार अन्य क्षेत्रमा पनि बिस्तार गरिने पनि सचिव सुवेदीले बताएका छन् । उक्त कार्यमा सहयोगको लागि एनआरएनए कोरियाले अन्य संघ–संस्थाहरुलाई पनि सहयोगको अपिल गरेको छ ।