बेलायतमा कोभिड-१९ का कारण शनिबार मात्रै त्रिपन्न जनाको मृत्यु

बेलायतमा कोभिड-१९ का कारण शनिबार मात्रै त्रिपन्न जनाको मृत्यु


बेलायतमा कोरोना भाइरसको संक्रमणबाट शनिबार (८ चैत) मात्र ५३ जनाको मृत्यु भएको छ । बेलायतबाट प्रकाशित हुने पत्रिका इन्डिपिन्डेन्टले सम्प्रेषण गरेअनुसार शनिबारसम्ममा बेलायतमा ज्यान गुमाउनेहरुको संख्या २ सय ३३ पुगेको छ।

यस क्रममै कोभिड–१९ का कारण बेलायतमा एक नेपालीको मृत्यु भएको पनि खुलासा गरिएको छ। संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको ह्‌यारो सहरमा सपरिवार रहँदै आएका ६६ वर्षीय पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको गत मंगलबार (४ चैत) नै मृत्यु भए पनि तीन दिनपछि शुक्रबार मात्र राईको मृत्यु कोरोना भाइरसका कारण भएको सम्बन्धित अस्पतालले जानकारी गराएको थियो ।

सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका दिवंगत राईको आर्मी नम्बर २११६०५८१ थियो भने उनी सन् २००८ मा बेलायत पुगेका वीनेपालीडटकमले जनाएको छ ।