फिनल्याण्डमा कोभिड-१९ को कारण पहिलो व्यक्तिको मृत्यु

फिनल्याण्डमा कोभिड-१९ को कारण पहिलो व्यक्तिको मृत्यु


फिनल्याण्डले कोरोना भाइरस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको जानकारी गराएकोे छ ।

फिनल्याण्ड सरकारले कोरोना भाइरसको सङ्क्रमण ५२१ जनामा भएको पहिले नै जानकारी गराएको भए पनि कोभिड–१९ को कारण फिनल्याण्डमा मृत्यु भएको यो नै पहिलो घटना भएको एएफपीले जनाएको छ ।

मृत्युको यस घटनापछि यस यूरोपेली मुलुकमा कोरोना भाइरस सङ्क्रमण थप गम्भीर अवस्थामा पुगेको बताइएको छ ।

फिनिस इन्स्टिच्युट फर हेल्थ एन्ड वेलफेयरले मृत्युको पुष्टि गरेको छ तर मृतकका बिषयमा विस्तृत विवरण भने दिएको छैन ।

मृतक हेल्सिन्कीमा बस्ने एक वृद्ध व्यक्ति रहेको र उनको गत शुक्रबार (२० मार्च) उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

फिनल्याण्डका प्रधानमन्त्री साना मरिनले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम बढेपछि राज्यमा स्वास्थ्य सङ्कटकालको घोषणा गरेकी थिइन् । जसअन्तर्गत सरकारले ठूलो सङ्ख्यामा भेला हुन वा सभा सम्मेलन गर्न निषेध गरेको थियो ।

सोमबारको सरकारी निर्णय अनुसार सङ्क्रमणलाई नियन्त्रण तथा रोकथामका लागि फिनल्याण्डमा १० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन रोक लगाइएको छ भने देशभर विद्यालयहरू बन्द गरिएको छ ।