अमेरिकी प्रथम महिला मेलानीयामा कोरोना संक्रमण नदेखिएको ‘खुलासा’

अमेरिकी प्रथम महिला मेलानीयामा कोरोना संक्रमण नदेखिएको ‘खुलासा’


अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण नदेखिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । ह्वाइट हाउसमा सोमबार (२३ मार्च) सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले मेलानीयाको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी दिदिएका हुन् ।

राष्ट्रपति ट्रम्पले पनि केही दिनअघि आफूलाई कोरोना संक्रमण भए नभएको बारेमा परीक्षण गराएका थिए । मेलानीयाको स्वास्थ्य परीक्षणका बारेमा यसअघि जानकारी नदिएका राष्ट्रपति ट्रम्प र मेलानीयाको एकै दिन स्वास्थ्य परीक्षण गरिएको सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गत मार्च १३ तारिखका दिन स्वास्थ्य परीक्षण गराएका थिए । साथै, ट्रम्पकी छोरी इभान्का ट्रम्प, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नी कारेन पेन्सले पनि कोरोना संक्रमण भए नभएको परीक्षण गगराएका थिए, तर रिपोर्टमा कसैलाई पनि कोरोना संक्रमण भएको देखिएको थिएन ।

इभान्का ट्रम्पसँग भेट गर्ने एक जना अस्ट्रेलियाली अधिकारीलाई कोरोना संक्रमण देखिएपछि ट्रम्पले पनि आफ्नो स्वास्थ्य परीक्षण गराएकी हुन् ।

ज्ञातव्य छ, पछिल्ला दिनहरुमा अमेरिकामा ठूलो संख्यामा मानिसलाई कोरोनाको संक्रमण देखिएको छ । साथै समाजका प्रतिष्ठित व्यक्तिहरु, कलाकार, खेलाडीहरु, सांसदहरु, ह्वाइट हाउसमा कार्यरत कर्मचारी समेतका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म ४६ हजारभन्दा बढी व्यक्तिलाई कोरोनाको संक्रमण देखिनुका साथै ६०० भन्दा बढीको मृत्यु भएको छ ।