राष्ट्रिय स्वाधीनतालाई खलल पुग्ने हिसावले नागरिकता दिन सकिन्न

राष्ट्रिय स्वाधीनतालाई खलल पुग्ने हिसावले नागरिकता दिन सकिन्न


Mahendra-Bahadur-Pandeyलण्डन । बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले देशको लागि राष्ट्रिय स्वाधिनता महत्वपुर्ण हुने बताएका छन् । प्रवासी नेपाली मञ्च युकेले लण्डनमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालको सन्दर्भमा अझ यो महत्वपुर्ण हुने बताए । गैर आवासीय नेपालीहरुको नागरिकता सम्बन्धि मागबारे आफ्नो धारणा राख्दै मन्त्री पाण्डेले राष्ट्रिय स्वाधिनतालाई खलल पुग्ने हिसावले नागरिकता दिन नसकिने दोहो¥याएका थिए ।
कार्यक्रममा मन्त्री पाण्डेले आगामी जनवरी महिना सम्ममा संविधान बन्ने जिकिर गर्दै विगतको संविधानसभामा छलफल हुन बांकी विषयहरुमा छलफल जारी रहेको बताए । संविधानसभमा दलहरुहरुबाट कुनै अवरोध नभएको र संविधान बनाउनेबारे नेकपा माओवादीसंग पनि छलफल चलिरहेको मन्त्री पाण्डेले जानकारी दिए ।
राष्ट्रिय अखण्डतामा आंच नआउने तथा, सबै भाषा, धर्म, संस्कृति बोकेका नेपालीहरु अटाउनेगरी राज्य पुर्नसंरचना हुने उनले विश्वास लिए । स्थानीय निकायको चुनाव नहुंदा तल्लो तहमा पनि भ्रष्टाचार बढ्दै गएकोले जतिसक्यो चांडै स्थानीय निकायको चुनाव गराउन सरकारले पहल गर्ने उनले बताए ।
सो अववसरमा सहभागि एनआरएन आइसीसी सदस्य कुल आचार्यले एनआरएनहरुलाई नागरिकता दिन छिमेकी राष्ट्रहरु समस्या नदेख्न आग्रह गरे । त्यस्तै अर्का एनआरएन आइसीसी सदस्य विजन भट्टलेपनि एकपटकको नागरिकलाई सधैं नागरिककै दर्जा दिन आग्रह गरेका थिए । प्रवासी नेपाली संघ बेलायतका अध्यक्ष्ँ राम शरण सिखडाले एनआरएनहरुले लगानी गर्न नेपालमा धेरै समस्या झेल्नुपरेको औंल्याए । धेरैजसो सरकारी कार्यलयहरुमा कामकाजमा लागि जांदा नागरिकता अनिवार्य रहेकोले गैर आवासीय नेपालीहरुलाई यसले समस्या पारेको बताए । एमाले युवा नेता राजेन्द्र पुडासैनीले एनआरएनको नागरिकता मागबारे उच्च स्तरिय आयोग गठन गर्न आग्रह गरे ।
सो अवसरमा सहभागिहरुले नागरिकता निरन्तरताको माग गर्दै संसार ग्लोवल भिलेज भइसकेको अवस्थामा झिना मसीना कुराहरुमा नेपाल अल्झिरहेको गुनासो गरेका थिए ।