आहा ˜! ती सौन्दर्यपूर्ण ओठबाट
फुस्केला˜ फुस्केलाझैं छ तिम्रो मुस्कान !
जालहारीले जालथापेझैं,
त्यो पवित्र मुस्कान भुइँमा नपरोस् भनेर
युगौँदेखि तपस्यारत छु म त्रिशूल/डमरू बोकेर
तिमी प्रकृति म पुरुष
धरती र आकाशको माधुर्यपूर्ण सम्बन्ध,
फूलको मुहारमा आशावरी धून नाचिरहेका छन् पन्छीहरू !
तिमी अनन्त अविरल छाल,
समुद्र छचल्किँदै म कहाँ भुल्न सक्छु र
आफ्नो अदम्य सामर्थ्यलाई भुलेर !
ऊ त्यहाँ विषाक्त अन्धकार !
गौंडामा तगारो तेर्सिएर
सौभाग्यपूर्ण शोभा इर्ष्यालु काँडो हेरिरहेको छु
म अनन्त आकाश,
चुपचाप सहनशील धैर्य उभिरहेको छु
मेरो अभिछिन्न धरतीमाथि
कथम् अनाधिकार पाइला लम्काइस् भने,
कच्याककुचुक मूला थाङ्थिलो थिच्नु
न्यायको सम्पूर्ण सर्वाधिकार हो !
आहा ˜! तिमी मुस्कुराइरहनुपर्छ जुनेली जून,
तिम्रो मुस्कानभरि हिमाल खुलेपछि
चन्द्र/सूर्य मारुनी-पुरुसुङ्गे नाचिरहने छन्
हाम्रो आँगनमा षोडसी वय घुमीघुमी,
र, लक्ष्मी-नारायण रमाइरहनुपर्छ झुमीझुमी
कालका टाउका क्वापक्वापी काफल निलेर
तिम्रै लागि बाँचिरहनेछु म अविचलित हिमाल-सरोवरि
नवैरङ्गी डाँफेमुनाल छमछमाउँदै नाचिरहनेछु म,
मेघमल्हार हरपल तिम्रै वरिपरि
मेरो सहनशील छाती
कहिल्यै अत्तालिन्न यो एकरत्ति
हुनहुनाइरहुन् यी हुतिहारा
लुन्ती/कायर आँधी जतिजति,
हिजो मेरै थियौ, आज यो मुुटु तिमै्र वासस्थान हो
र, भोलि पनि अखण्डित आत्मा एकै भइरहनेछौँ,
यी उन्मत्त आँधी बालुवामा उछिट्टएिका बाछिटा हुन्
अन्नतः कालजयी सत्वमति,
मै हुँ सधैं विजयी भवः मेरी सर्वप्रिया !
अन्तर आँट र अठोटकी हे ˜ त्रिकाली
फैलिरहेकी छौ तिमी हरेक रक्त बुँदबुँद सामर्थ्य
र, यही सामर्थ्यभित्र कालजयी छ मेरो जवानी/तिम्रो जीवन
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
अनार, जुस, हर्लिक्स-वामदेव पण्डित
-वर्ष ९६)
जेनतेन म हिँड्दै छु, छयानब्बे वसन्तमा ।।
चिन्ता लाग्छ सदा धेरै, गति के हुन्छ अन्तमा ।।
दुनियाँभरमा रोग, जे-जति ती सबैलाई ।।
मुकाबिला म गर्दै छु, धैर्य साथ नआत्तिई ।।
तृष्णा मोरो युवाजस्तो, बनेर बस्छ आँतमा ।।
तातेको झिर भई घोच्छ हृदयभित्र चित्तमा ।।
विगतका बढी बात, सम्झने गर्छु हर्दम ।।
बूढो भएपछि बढ्ने हुँदो रहेछ है दम ।।
हल्का आसन व्यायाम, गरेर छतमा सदा ।।
साँझ-बिहानमा डुल्छु, एक घन्टा म सर्बदा ।।
युगको देन मानेर, डाक्टर साथ पुग्दछु ।।
उपचार गराएर घरतर्फ, दगुर्दछु ।।
अटुट खान्छु बेदाना, अनार, जुस, हर्लिक्स ।।
ज्यादै बढी दही खान्छु, छक्क पर्छन् मानिस ।।
जानिनँ कडा कष्ट, श्रम गर्न कुरा तर ।।
गरिब गर्छ है, ज्यादै परिश्रम निरन्तर ।।
अनार, जुसबाहेक, नियम अरू माथिका ।।
दुधालु पशु पालेर, घरबारी र बालुवा ।।
क्षेत्रमा रोप्न पाइन्छ, फलफूल र पालुवा ।।
ढिँडो पिठो पिई फेरि, निकाली पसिना श्रम ।।
गरेर प्राकृति देन दुःखीले पनि मर्नु छ ।।
निम्न वर्ग तिमी, ज्यादै जाँगरिला अगुवा बन ।।
वृद्धको अर्ती मानेर, बनाउ दर्ीघ जीवन ।।
धनी र निर्धनी बन्नु, नियतिको छ पद्धति ।।
रहस्य यो बुझेदेखि सदैव हुन्न दुर्गति ।।
प्रतिक्रिया