पूर्वको रेल चढेर पश्चिमको यात्रामा माओवादी

पूर्वको रेल चढेर पश्चिमको यात्रामा माओवादी


-केशवराज जोशी आकाश
विश्वमा कम्युनिस्ट पार्टीका सर्न्दर्भमा नकारात्मक बहस चलिरहेको बेला नेपालमा उल्लेख्य जनताको समर्थनसहित नेकपा माओवादीको उदय भयो । नेपालमा विभिन्न समयमा भएका राजनीतिक सङ्घर्षले परिवर्तन संस्थागत गर्न नसकेको भन्दै माओवादीले ०५२ सालमा जनयुद्धबाटै प्रतिक्रियावादीहरूलाई ठेगान लगाउने र जनताको राज्यसत्ता स्थापना गर्नका लागि बन्दुक उठायो । थोरै सङ्ख्याबाट सुरु भएको माओवादी जनयुद्ध अन्ततः मुलुककै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुन पुग्यो ।
तत्कालीन अवस्थामा माओवादी विचार र कार्यदिशा सही भएको प्रमाणित गर्दै माओवादीलाई जनताले संविधानसभाको निर्वाचनमा मुलुकको सबैभन्दा ठूलो दलको रूपमा स्थापित गराए । जनयुद्धको दौरानमा माओवादीले जनताको सेना भन्दै ‘जनमुक्ति’ सेनाको निर्माण पनि गर्‍यो । माओवादीका नेता प्रचण्डले भनेका छन्, ‘हामीहरू धेरैपटक रुँदा-रुँदै हास्यौँ र धेरैपटक हाँस्दाहाँस्दै रोयौँ ।’ जनयुद्धमा हजारौँ योद्धाले आफ्ना सुन्दर जीवन पनि उत्सर्ग गरे देश र जनताका लागि भन्दै । माओवादीले देश र जनतालाई बाँडेका सपनालाई समर्थन गर्दै गणतन्त्र स्थापनाको महाअभियानमा लामबद्ध बने लाखाँै जनता । इतिहासलाई केलाउँदै जाने हो भने माओवादीले जनयुद्ध सुरु गर्दा पनि मतभिन्नता नभएको होइन । कतिपयले तत्कालीन अवस्थामै जनयुद्ध आतङ्क भएको भन्दै पार्टीसम्म फोडेर गएको घटनाक्रम छ । जनयुद्ध हाँक्नका लागि प्रचण्डको कुशल नेतृत्व, डा. बाबुराम भट्टराईको बौद्धिकता, मोहन वैद्यको दर्शन, बादलको सैन्य कौशलता र अन्य नेताहरूको जिम्मेवारीबोधकै कारण जनयुद्धले नयाँ उचाइ प्राप्त गरेको माओवादीकै नेताहरूले बेलाबेला भन्ने गरेका छन् । तर, आज स्थिति बदलिएको छ, अर्थात् आज माओवादी पूर्वको रेल चढेर पश्चिम पुग्ने सपना बोकिरहेको छ । हिजो फलामे खम्बाजस्तै एक हुन सक्ने माओवादी नेताहरू अहिले सिसाजस्तै चकनाचुर भएर गइरहेका छन् । अर्थात् भावनात्मक र सैद्धान्तिक रूपमा विभाजित बन्दै जान थालेका छन् । खासगरी माओवादीको चर्चित पालुङटार बैठकपछि माओवादी चिराचिरा बन्दै गएको छ । हिजो एमाले, काङ्ग्रेसलगायतका दलहरूभित्रको विभाजन देख्दा हाँस्ने माओवादी आज आफैं नराम्रोसँग आपसी द्वन्द्वमा रुमलिएको छ कि अब माओवादी सम्बन्ध ग्यास च्याम्बरजस्तै भइसकेको छ । अहिले माओवादीमा नेतादेखि कार्यकर्तासम्ममा विभाजन देखापरेको छ । फरक विचार र समूहमा जानेबित्तिकै एक-अर्कालाई दुश्मन देख्ने प्रवृत्ति मौलाउँदै गएको छ । यतिबेला बहस सुरु भइसकेको छ- के माओवादी विभाजन होला ? माओवादीभित्र र बाहिरकै एकथरीले पार्टी विभाजनलाई स्वर्गीय आनन्दका रूपमा लिइरहेका छन् भने अर्कोथरीले माओवादी विभाजन भए मुलुक नै दर्ुघटनामा पर्ने र जनता, कार्यकर्ता, सहिद, बेपत्ता परिवारमा असह्य पीडा हुने बताइरहेका छन् । पालुङटार बैठकपछि माओवादीमा सुरुमा तीन लाइन र हाल दुई लाइन सङ्घर्ष पेचिलो बन्दै गएको छ । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य र डा. भट्टराईको विचार र समूहमा नेतादेखि कार्यकर्तासम्ममा विभाजन आइसकेको छ । माओवादीमा विवाद यतिसम्म बढेको छ कि एकले अर्कोलाई आरोप लगाएर राजनीतिक रूपमै सिध्याउने कसरत मात्र गरिरहेका छैनन् आफ्नै कार्यकर्ता तथा नेताहरूलाई सहन गर्नै नसक्ने शब्द-प्रहार गर्दै कम्युनिस्टको आचरण र शैलीबाट स्लखलन हुँदै गइरहेका छन् । आखिर किन यतिसम्मको विभाजन भयो माओवादीमा –
कार्लमाक्र्सले व्याख्या गरेजस्तै इतिहासका कालखण्डमा विभिन्न प्रतिद्वन्द्वी वर्गबीच हार न जितको स्थिति पैदा भएर राज्यको स्वरूप ‘भीरको चिचिन्डो’जस्तो देखिन्छ । अहिले पछिल्लो समयमा माओवादीभित्रको तीव्र विवादलाई ‘भीरकै चिचिन्डो’को अवस्थामा लिन सकिन्छ ।
एक पक्ष बढी क्रान्तिकारीजस्तो देखिने र अर्को पक्ष दक्षिणपन्थीजस्तै देखिने अनि अर्को पक्ष विचारविहीन नेताका रूपमा देखिँदै जान थालेको छ । माओवादीभित्रको खतरनाक अन्तरसङ्घर्षले मुलुक र स्वयम् माओवादी पार्टी कता जाने भन्ने भयानक अवस्थाको परिकल्पना एकातिर गरिँदै छ भने अर्कातिर विश्वमै कम्युनिस्ट आन्दोलनले कुन रूप लिने भन्ने बहस तीव्र गतिमा चलिरहेको छ । माओवादीमा यतिबेला विचारधारात्मक सङ्घर्ष एकातिर तीव्र रूपमा चलेको छ भने अर्कातिर पार्टीभित्रकै सत्ता र शक्तिको लडाइँ पनि चलिरहेको छ । यसले केही समूह र गुटलाई फाइदा गरे पनि मुलुक बर्बादीको बाटोतिर जाने प्रायः निश्चित छ ।
तथापि, एकीकृत नेकपा माओवादीभित्र अहिले देखिएको विवाद आज मात्रै देखिएको भने होइन । इतिहासलाई फर्केर हर्ेर्ने र केलाउने हो भने २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापनापश्चात् विभिन्न उतारचढाव देखिँदै आएका छन् । ०१० देखि ०१२ सालमा नेकपाभित्र दक्षिणपन्थी संधोधनवादले प्रवेश पाएकै कारण ०२०-०२२ सालमा आएर कम्युनिस्ट पार्टी विभाजन हुने अवस्थामा आइपुग्यो । र, हालसम्म पनि कम्युनिस्ट पार्टी गुट र फुटको स्थितिको सामना गरिरहेका छन् । तर, अहिलेको सङ्घर्ष र तत्कालीन अवस्थाको सङ्घर्षमा पक्कै पनि अन्तर भने छ । पुरानै इतिहास कोट्याएर आफूलाई मात्र क्रान्तिकारी देख्ने र मन नपरे दक्षिणपन्थी देख्ने प्रवृत्तिले पनि माओवादीभित्र विवाद बढाउन मलजल गरेको छ । तर, यतिसम्मकै विवादबीच माओवादी पार्टी फुट्ने स्थिति भने छैन । किनकि हजाराँै सहिदको रगतको आहलमा टेकेर उदाएको माओवादीलाई फुट्न अनुमति माओवादीकै इमानदार नेता तथा कार्यकर्ताले दिने छैनन् भन्नेमा विश्वस्त छन् जनयुद्धका जीवित योद्धाहरू । खासगरी माओवादीले विशाल पार्टी बनाउने नाममा गरेको ‘ढोका खुल्ला’ अभियानले पनि माओवादीलाई यस निराशाजनक अवस्थामा पुर्‍याएको विश्लेषण गर्नेहरू पनि छन् । तर, माक्र्सवादको बारीमा दक्षिणपन्थी धार समातेको बोट उम्रिएला भन्ने कुराचाहिँ हाउगुजी मात्रै हो । अहिलेको अवस्थामा माओवादीसँग एक मात्र विकल्प छ- शान्ति र संविधानलाई संस्थागत गर्दै मुलुकलाई अगाडि बढाउनु । यो अभियानबाट माओवादी नेता तथा कार्यकर्ताहरू विचलित भएमा त्यो आत्मघाती हुनेछ । हो, हिजो माओवादीले आमजनतालाई बाँडेका सपना, वाचा र प्रतिबद्धताहरू पूरा भएका छैनन् । माओवादीले ती सपनालाई सगरमाथाको टुप्पोमा लगेर राखेको छ, हल्का पनि यताउता चलाउँदा त्यहाँबाट लडेर मर्ने अवस्था छ । किनकि त्यो बाटो त्यति सहज छैन । १२ बुँदे सम्झौतापछि माओवादी नेतृत्व झुक्दै गरेका विभिन्न बुँदे सम्झौताले नै माओवादीले जनयुद्धताका नाराहरूलाई विसर्जन गर्दै गएको थियो । माओवादीले अहिले मरेर चाहे पनि जनव्रि्रोहको सपना र चाहना आकाशमा उडेको बेलुनजस्तै देखिन्छ, किनकि हिजो माओवादीले तरेको जनयुद्धको पुल भत्किसकेको छ । माओवादीलाई सेल्टर दिने जनता उनको सम्बन्ध सिसाजस्तै भएको छ । जनता र माओवादी नदीका दुई किनार जस्तै हुन थालेको छ । हरेक हिसाबले ऊ कमजोर बन्दै गएको छ । यसको पछाडि माओवादी नेतृत्वले सहमतिका नाममा बहादुरीपन देखाउँदै सधंै हार्न खोज्ने प्रवृत्ति नै मुख्य कारण हो । यसमा माओवादीका उच्चस्तरका सबै नेताहरू दोषी छन् । किनकि, उनीहरूमा भित्र ठीक गर्न नसक्ने तर बाहिर धम्की दिने प्रवृत्ति हाबी हुँदै गयो जो किमार्थ ठीक हुन सक्दैन । तर, यतिबेला जनयुद्धका सपना पूरा गर्ने समय फेरि माओवादीको हातमा परेको छ । किनकि, जनताले अत्यधिक मन परेका नेता तथा चर्चित ४० बँुदे माओवादी मागपत्रका नेता डा. बाबुराम भट्टराई मुलुकको कार्यकारी प्रधानमन्त्री छन् । उनीसँग भएको गठबन्धन गर्व गर्न लायक नभए पनि उनीप्रति जनताले गरेको भरोसा र उनको इमानदारीले पार्टीभित्रै र बाहिरबाट सहयोग पाए जनयुद्धलाई वैधानिक रूपमा संस्थागत गर्न सकिन्छ । अन्यथा माओवादी पार्टी फुट र विभाजनको स्थितिमा गए मुलुकले बर्बादीको यात्रा तय गर्दै मुलुकको भविष्य ब्रेकफेल हुनेछ भने कम्युनिस्टप्रति उर्लंदो जनमास लामो समयका लागि ह्रास हुनेछ । यतिमात्र होइन, क्रान्तिकारीहरूप्रति नै घृणाभाव उत्पन्न हुनेछ । यसमा विमति राखिरहनै पर्दैन ।
-लेखक नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका कोषाध्यक्ष तथा क्रान्तिकारी पत्रकार सङ्घमा आबद्ध छन् ।)