कोरोना भाइरसका कारण तमुधीं युके लण्डन शाखाका वरिष्ठ उपाध्यक्षको मृत्यु

कोरोना भाइरसका कारण तमुधीं युके लण्डन शाखाका वरिष्ठ उपाध्यक्षको मृत्यु


बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।

बताइएअनुसार करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट स्वास्थ निकै खराब भएपछि उनलाई भेन्टिलेटरमा राखिएको बताइन्छ ।

लण्डनस्थिति नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बनिधत संस्थालाई निधनबारे जानकारी गराएका थिए ।

ज्ञातव्य छ, समाजसेवीका रुपमा चिनिएका गुरुङ तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष थिए ।