कोरोना भाइरसले सृजना गरेको असहज परिस्थितिको कारण सिजी इलेक्ट्रोनिक्सले आफ्ना ब्राण्डहरु LG, CG, GODREJ, TCL, SENSEI तथा अन्य घरायसी सामग्रीहरूको वारेन्टीमा म्याद थप गरेको छ ।
कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनपछि उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै २० मार्च देखि ३० अप्रिल २०२० सम्म वारेन्टी म्याद समाप्त भएका घरायसी सामाग्रीहरुको म्याद आगामी ३१ मे, २०२० सम्मका लागि थप गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया