गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सञ्चार तथा प्रकाशन समितिको सदस्यमा युरोप क्षेत्रबाट पत्रकार महासंघ युरोप शाखाका वरिष्ठ उपाध्यक्ष डिल्ली अम्माई (बेल्जियम), वसन्त रानाभाट (स्पेन) र राजकुमार थापा (पोर्तुगल) चयन भएका छन् भने बेलायतबाट नवीन पोखरेल समेत मनोनित भएका छन् ।
एनआरएनए केन्द्रीय प्रवक्ता डिबी क्षेत्रीको संयोजकत्वमा गठित १९ सदस्यीय समितिमा युरोप महादेशबाट सम्पूर्ण पत्रकारहरुको प्रतिनिधित्व गर्दै जम्मा चार जना सञ्चारकर्मीमात्र अन्तर्राष्ट्रिय समितिमा छानिएका हुन् ।
एनआरएनए केन्द्रीय प्रवक्ता डिबी क्षेत्रीको संयोजकत्वमा गठित समितिको सहसंयोजकहरुमा हेमन्त काफ्ले, होम लम्साल, कृष्ण केसी, मेघराज सापकोटा र सदस्यहरुमा डिल्ली अम्माइ, वसन्त रानाभाट, भवानी पन्त, विजय ज्ञवाली, गोकर्ण लामिछाने, गोकुल ढकाल, किशान राई, नवीन पोखरेल, निरु त्रिपाठी, राजकुमार थापा, रामप्रसाद ढुङेल, ऋषि आचार्य, शुक्र मोक्तान, सुर्य थापा रहेका छन् ।
यसैगरी नेपालबाट विभिन्न मिडियामा काम गर्ने मिडियाकर्मीमध्ये अशोक घिमिरे, विनेश खनाल, चन्दा थापा, चन्दन मण्डल, किरण बुढाथोकी, नारायणी लामिछाने, संजिता देवकोटा र उद्धव भट्टराई तोकिएका छन् ।
प्रतिक्रिया