■ विकास रौनियार, धादिङ
खाना पकाउने एलपी ग्यासका सिलिन्डर ‘रिफिल’ गर्ने स्थानमा पुर्याउन नपाउँदा धादिङमा ग्यासका बुलेट (ट्याङ्कर)हरु ग्याससहित थन्किएका छन् ।
ग्यासको आयात नियमित भइरहेको र ग्यास रिफिल कम्पनीसँग सिलिन्डर नहुँदा धादिङमा रहेका विभिन्न ग्यास कम्पनीका दर्जनौँ बुलेटमा ग्यास ‘अपलोड’ हुन सकेको छैन । रिफिल कम्पनीले अपलोड नगर्दा भारतबाट आएका ग्यास बुलेट पनि अनलोड हुन पाएन र सडकमै थन्किएका हुन् ।
उपभोक्ताले ठूलो संख्यामा ग्यास ‘स्टक’ राखेको र पछिल्लो पटक सरकारको निर्देशनानुसार आधा सिलिन्डर ग्यास बजारमा पठाउँदा सिलिन्डरको स्टक पनि सकिएको ग्यास कम्पनीहरुले बताएका छन् । कोटाअनुसारको ग्यास बजारमा पठाउन नेपाल आयल निगमले निरन्तर दबाब दिइरहेकाले आफूहरु दोहोरो मारमा परेको ग्यास कम्पनीहरुले गुनासो गरेका छन् ।
धादिङ जिल्लामा १३ ओटा ग्यास रिफिल उद्योग रहेका छन् ।
प्रतिक्रिया