चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सको अनलाइन एप CGDigital आफ्नो मोबाइलमा डाउनलोड गरेर हरेक घरायसी सामाग्रीको पहिलो खरिदमा थप ५ प्रतिशत छुट हासिल गर्न सो कम्पनीले ग्राहकहरूलाई आह्वान गरेको छ ।
उक्त एपे प्ले–स्टोर तथा एप स्टोरमा डाउनलोड गर्न सकिने जानकारी दिँदै यो योजना सीमित समयको लागि मात्र भएकोले समयमै अनलाइन अर्डर गरी लाभ उठाउन आग्रह गरिएको छ ।
घरायसी सामाग्रीको खरिद गर्दा सामान हात परेपछि रकम बुझाउने या घरमै बसेर आफ्नो बैंक खातामार्फत् पनि भुक्तानी गर्न सकिने र निःशुल्क डेलिभरीको व्यवस्था भएको पनि सिजीले जनाएको छ ।
हालको लागि विशेष कारणवश होम डेलिभरीको सुविधा केही समयको लागि स्थगित गरिएको र ग्राहकले अहिले खरिद गरेको सामान परिस्थिति अनुकुल भएपछि होम डेलिभरी दिइने जानकारी पनि कम्पनीले गराएको छ ।
प्रतिक्रिया