■ विशेष प्रतिनिधि, टोकियो (जापान)
हरेक दिन कोरोना भाइरसको संक्रमण बढिरहेको जापानमा थप एक जना नेपालीमा संक्रमण पुष्टि भएको छ । योसँगै जापानमा कोरोनासंक्रमित नेपालीको संख्या दुई पुगेको छ।
विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार जापानको राजधानी टोकियोको इकेबुकुरोस्थित रेस्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित व्यक्तिको थप विवरण स्रोतले उल्लेख गर्न चाहेन । तर, उनको संक्रमण बारेमा छिट्टै राजदूतावासले पनि औपचारिक जानकारी गराउने बुझिएको छ ।
२ हजार भन्दा बढी संक्रमित रहेको टोकियोमा जुनसुकै बेला जो सुकैमा पनि संक्रमण हुन सक्ने भएकाले अझै सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
यसअघि पनि इबाराकी केनमा बस्दै आएकी एक नेपाली युवतीमा संक्रमण पुष्टि भएको थियो । उनको हाल उपचार भइरहेको छ ।
प्रतिक्रिया