विशेष प्रतिनिधि, टोकियो (जापान)
जापानमा कोरोना भाइरसको नियन्त्रणका लागि प्रधानमन्त्री शिन्जो आबेको क्याविनेटले चालेका कदम तथा अपनाएका नीतिहरुप्रति अधिकांश जनता असन्तुष्ट देखिएका छन् । जापानी समाचार संस्था क्योदोले ४ दिनसम्म संचालन गरेको टेलिफोन सर्वेक्षणमा सो नतिजा आएको हो ।
सर्वेक्षणमा सहभागीमध्ये २ तिहाईले सरकारको कदमप्रति असन्तोष व्यक्त गरेका छन्। उनीहरुले सरकारले चालेका प्रमुख कदमहरु भाइरसको नियन्त्रणका लागि अनुपयुक्त रहेको विचार व्यक्त गरेका छन् ।
राष्ट्रब्यापी रुपमा संचालन गरिएको टेलिफोन सर्वेक्षणको नतिजा सोमबार (१३ अप्रिल) सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया