बेलायतमा रही सञ्चारकर्ममा क्रियाशील पत्रकार विपिन निरौला ‘हिमालय मेल डटकम’को प्रधानसम्पादक नियुक्त भएका छन् । विगत एक दशकभन्दा बढी समयदेखि बेलायत रहेर पत्रकारितामा संलग्न निरौलाले नेपालबाट प्रकाशित/प्रशारित हुने विभिन्न सञ्चारमाध्यममा बेलायतबाट रिपोर्टिङ समेत गर्दै आएका छन् ।
नेपाल प्रेस इन्स्च्यिूटबाट पत्रकारिताको तालिम लिएका निरौलाले बेलायतकै लण्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट पत्रकारिता विषयमा थप अध्ययन गरेका छन् ।
नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष रहेका उनले नेदरल्याण्ड फेलोसिप प्रोग्रामअन्तर्गत रेडियो नेदरल्याडबाट पत्रकारिताको तालिम पनि लिएका छन् । नेपालबाट प्रकाशित हुने देशान्तर, घटना र विचार साप्ताहिक लगायतका प्रिन्ट मेडियामा काम गरिसकेका निरौला हाल एभिन्युज टेलिभिजनका लागि यूके सम्वाददाताका रुपमा पनि सक्रिय छन् ।
प्रतिक्रिया