दूतावासको अन्तरक्रियात्मक भेला

दूतावासको अन्तरक्रियात्मक भेला


pandeलण्डन । यही जुन महिनाको १० तारिखका दिन बेलायतस्थित नेपाली दूतावासमा नेपालबाट यौन हिंसा अन्त्यका लागि विश्व सम्मेलनमा भाग लिन बेलायत आइपुगेका परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग बेलायतका विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुका बीच एक अन्तरक्रिायात्मक कार्यक्रम सम्पन्न भएको थियो । मंगलबार बेलुका ६ बजे शुरु भएको कार्यक्रममा पहिलो कार्यक्रम गोर्खा आन्दोलन (सत्याग्रह) का तर्फबाट परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरणको रहेको थियो । गोर्खा आन्दोलन, सत्याग्रह र उनीहरुका प्रमुख पाँचवटा मागहरुको छोटकरीमा चर्चा गरेपछि ज्ञापनपज्ञ हस्तान्तरण गरेका थिए । उनीहरुका यस आन्दोलनमा नेपाल सरकारले पूर्ण समर्थन र सहयोग गर्दै आएको र अगाडि पनि सरकारका तर्फबाट गर्नु पर्ने पहल निरन्तर हुने विश्वास गर्न मन्त्रीले आफ्नो मन्तव्यमा अनुरोध गरेका थिए ।

दोस्रो चरणको कार्यक्रममा पहिला संघसंस्थाका प्रतिनिधिहरुलाई आफ्नो जिज्ञाशा राख्न भनिएको थियो, जसमा प्रतिनिधिहरु अति नै उत्साही भएर प्रश्न सोध्नको लागि हात उठाएका थिए । सो चरणको शुरुमा एनआरएनए यूकेका वर्तमान अध्यक्ष योगेन्द्र क्षेत्रीले नागकिता निरन्तरता र नेपाली नागरिक नागरिकता लिएर हाल १६ नाघेकाहरुलाई पासपोर्ट बनाउन भएको असुविधालाई कसरी सजिलो बनाउन सकिन्छ भनी जिज्ञाशा राखेका थिए । त्यसरी नै प्रवासी नेपाली संघ यूकेका सभापति रामशरण सिंखडाले बूँदागत रुपमा आफ्ना सुझाव र जिज्ञाशा राखेका थिए, जसमा मुख्य रुपमा, विदेश भ्रमणमा निस्कने सबै नेताहरुले आफ्ना धारणा प्रस्तुत गर्ने विचारमा राष्ट्रिय मामिलामा एउटै धारणा हुनुपर्ने भन्ने थियो । उदाहरणका लागि एनआरएनहरुका नागरिकताको विषयमा बोल्दा एउटा धारणा हुनुप¥यो, नेता र पार्टीअनुसारले फरक हुनु भएन । सबैजनाले आआफ्ना जिज्ञाशा राखे पनि सारांशमा निम्न प्रश्नहरु परराष्ट्र मन्त्री पाण्डेसामु राखिएका थिए, जसमा केही जिज्ञाशाहरुका प्रकृतिहरु बिना ढंगका थिए भने केहीका जिज्ञाशाहरुमा परराष्ट्र मन्त्रीलाई काम कसरी गर्ने भनी सुझावहरु राखिएकाथिए ।

१) एम आर पी कसरी उपलब्ध गराउने
२) जातीय पहिचान
३) दोहोरो नागरिकता
४) जन्म मिति फरक फरक
५) राजदूतको बेलायतमा नियुक्ति
६) गैरआवासीय नेपालीहरुसँग राष्ट्रको अपेक्षा, तर माथिका यति धेरै प्रकारका प्रश्नहरु आउँदा पनि मन्त्रीले भने यी मेरालागि प्रश्न नभएर सुझावहरु हुन् र यहाँहरुका सुझावका लागि धन्यवाद मात्र भन्दै जिज्ञाशालाई एकातिर पन्छाएका थिए ।

मन्त्रीले दिएको थोक उत्तरमा एनआरएनहरुका बढी चासो दोहोरो नागरिकता वा नागरिकताको निरन्तरता हुने वा नहुने सन्दर्भमा …राष्ट्रिय सुरक्षामा खतरा देखिएकोले यसका निवारण पत्ता नलागुन्जेल दोहोरो नागरिकता वा नागरिकतामा निरन्तरता दिन वा गर्न नमिल्ने सरकारी विचार स्पष्ट रुपमा पोखिएको थियो । एनआरएनहरुको मागले उब्जन सक्ने वा उब्जिएको असुरक्षाको बारेमा भने मन्त्रीले केही खुलाएका थिएनन् । जातीय पहिचानमा विकासे बंगुरको बच्चा खरिद गर्ने उदाहरणसहित आफ्ना छोराछोरीसहित सबैले अन्तरजातीय विवाह र सम्वन्ध विस्तार गर्ने सल्लाह दिँदै सबैले यसो गरे जातीय पहिचानका विषयमा निस्कने समस्याहरु आफै समाधान हुने मन्त्रीको आसय रहेको थियो । जन्म मिति फरक हुँदा पासपोर्ट दिने र लिने दुबै पक्षले समस्या भोग्नु परेकोमा सहमती जनाउँदै सबैजनाले फाराम भर्दा इसदी सनमा मात्र प्रयोग गरेमा धेरै हदसम्म ्िसजिलो हुने र भूपूहरुका पासपोर्ट लालबुकको जन्म मितिसँग मिलाउन नियम तर्जुम ागर्ने विषयमा छलफल भइराखेको जानकारी जिज्ञाशाहरुलाई शान्त पार्ने क्रममा बताएका थिए । त्यस्तै राजदूतको नियुक्तिमा योग्यता निर्धारण गरी नियुक्ति गरौं भन्दा ढिलो भएको हो र योग्य राजदूत छनोट प्रक्रिया भइराखेको मन्त्रीले बताएका थिए । गैर आवासीय नेपालसँग नेपाल सरकारले के अपेक्षा राखेको छ त भन्ने जिज्ञाशाको सन्दर्भमा मन्त्रीले ..‘तपाईँहरु सबै काम गर्नु हुन्छ, तपाईँहरुका पनि बालबच्चाहरु छन्, आफ्नै इच्छा आकांक्षाहरु छन्, बालबच्चाका पालनपोषण अनि शिक्षदिक्षामा खर्चिरहनु भएकै छ, तपाईँहरुले केही दिनु पर्दैन, केवल हिमाल सम्झेर मेरो देशको भलो होस् भन्ने शुभकामना गरिरहनुहोस्, बस त्यति भए पुग्छ’ भनेको थिए ।

अधिकांश जिज्ञाशूहरुले आफ्नो जिज्ञाशा राख्नुअगाडि हाल कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री र उनका सहयोगीहरुले थोरै श्रोत र साधनको उपयोग गर्दै दूतावासको मर्मत र सरसफाइमा व्यापक सुधार गरेकोमा कावा राजदूतको सो कार्यप्रति सराहाना गरेका थिए । कावा राजदूतले पासपोर्ट नवीकरण फाराम अब अनलाइन उपलब्ध गराएको जानकारी आफ्नो मन्तयको क्रममा राखेका थिए ।