इण्डियन आयल कर्पोरेशनबाट प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य बिहीबार (४ वैशाख) केही घटेर आए पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।
पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि मूल्य नघटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।
निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्याविधि, २०७१’ अनुसार इन्धनको बिक्री मूल्य हरेक १५–१५ दिनमा समायोजन गर्दै आएको छ । कोभिड–१९ को फैलने जोखिम रहेको भन्दै सरकारले गत चैत ११ देखि यही वैशाख १५ गतेसम्म ‘लकडाउन’ गरेको छ । लकडाउनमा अत्यावश्यकबाहेकका सवारी साधन नगुडेपछि पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।
यही अवस्थाको ‘लाभ’ उठाउँदै निगमले खरिद मूल्य घटे पनि बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको हो ।
प्रतिक्रिया