जापानमा देशभर संकटकाल घोषणाको तयारी

जापानमा देशभर संकटकाल घोषणाको तयारी


विशेष प्रतिनिधि, जापान

कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन जापानभर आपतकाल घोषणा गर्ने तयारी गरिएको छ । शिन्जो आबे नेतृत्वको सरकारले जापानभर नै संकटकाल घोषणा गर्ने निर्णय गरेको एनएचके टेलिभिजनले जनाएको छ ।

यही अप्रिल ७ तारिकमा धेरै प्रभावित बनेको टोकियोसहित खानागावा, साइतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका प्रान्तमा प्रधानमन्त्री आबेले आपतकाल घोषणा गरेका थिए । आइचीसहितका अन्य केही प्रान्तले स्वेच्छिक आपतकाल लगाएका छन् भने केही प्रान्तहरुले प्रधानमन्त्री आबेलाई आपतकाल घोषणाका लागि अनुरोध गरेका थिए ।

तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण राजधानी टोकियो सबैभन्दा धेरै प्रभावित बनेको छ । ओसाकासहित अन्य प्रान्तहरुमा पनि संक्रमण निरन्तर बढिरहेको छ ।