■ राजन घिमिरे
लामो समयदेखि शैक्षिक परामर्शदाताको रुपमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले समय समयमा सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । सामाजिक क्षेत्रमा सक्रिय हुने मामिलामा यसरी आफ्नो उपस्थिति दर्शाउँदै आएको कर्नरले वर्तमान बिषम परिस्थितिलाई मध्य नजर गर्दै विद्यार्थीहरूलाई सहयोग गर्ने भएको छ ।
अप्ठ्यारोमा परेका विद्यार्थीलाई सहयोग गर्न संस्थाले १० लाख रुपैयाँ छुट्टाएको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए । ‘विद्यार्थी भाइबहिनीहरू हाम्रै परिवारका सदस्यसरह हुनुहुन्छ, उहाँहरुको दुःख र समस्यामा साथ दिनु हाम्रो कर्तब्य हो, यसर्थ एजुकेसन एण्ड माइग्रेसन कर्नरले विद्यार्थीहरूलाई थोरै भएपनि सकेको सहयोग गर्ने सोच बनाएको छु’, उप्रेतीले भने ।
अष्ट्रेलियाको सिड्नी, होबार्ट, काठमाडौं, चितवन, पोखरा, हेटौँडा, दमक, इटहरी विर्तामोड र बुटवललगायत शहरहरूबाट उच्चशिक्षा अध्ययन गर्न अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरूलाई सेवा दिइरहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरले सन् २०१८ को जुनदेखि अहिलेसम्म अष्ट्रेलिया आएका र हाल पनि एजुकेसन एण्ड माइग्रेसन कर्नरको विद्यार्थी रहिरहेका छात्रछात्रालाई सहयोग गर्न लागेको हो ।
काम गुमाएका र काम नभएका हरेक विद्यार्थीलाई ६० डलर उपलब्ध गराउन लागेको जानकारी दिँदै संस्थाप्रमुख सुनिलले भने, ‘यो सहयोग हाम्रो संस्थाबाट अष्ट्रेलिया आउनुभई हाल पनि हाम्रै विद्यार्थी रहनुहुने विद्यार्थीहरूले पाउनुहुने छ ।’
उनले सहयोग प्राप्त गर्न सिड्नीमा रहेको आफ्नो कार्यालय, 02 8084 0236, 0401 407 356 फोन नम्बर या [email protected] मा सम्पर्क राख्न पनि विद्यार्थीहरुलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया